वडा जिताउन नसक्ने नेताको चुरिफुरीले स्थायी समितिमा अटाएनन शाही

सुर्खेत, नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताले आफ्नो वडा जिताउन नसक्ने नेतालाई चुरिफुरी नगर्न ध्यानाकर्षण गरेका छन् । उनीहरुले वडा जिताउन नसक्ने नेताले बढी चुरिफुरी गरेर कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई स्थायी समितिमा छुटाएको गुनासो गरेका छन् । उनीहरुले पार्टीमा आफू निकटलाई नभएर क्षमता,दक्षता र पार्टीको लागि महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने नेता शाहीलाई स्थायी समितिमा मनोनयन गर्न नेतृत्वसङ्ग माग पनि गरेका छन् ।

माओवादी केन्द्रको मंगलबार बसेको स्थायी समिति बैठकमा ४५ सदस्यीय स्थायी समिति घोषणा गर्दा शाही समेटिएनन । त्यसपछि कर्णालीका नेता, कार्यकर्ताले सामाजिक संजाल फेसबुक मार्फत नेतृत्वसंग गुनासो गर्दै जनयुद्ध कालमा सफल डिभिजन कमान्डर,मुख्यमन्त्री हुँदै विभिन्न चुनावमा जिल्लामा राम्रो परिणाम ल्याउन सफल भएका शाहीलाई स्थायी समितिमा छुटाएकोमा गुनासो गरेका छन् ।

शाहीलाई स्थायी समितिमा नसमेटेकोमा कालिकोट पचाल झरना गाउँपालिका पूर्व अध्यक्ष एवं युवा नेता खड्गराज सेजुवालले स्थायी समिति भन्दा कर्णालीको माओवादी राजनिति आन्दोलन जोगाउन ठुलो भूमिका खेलेकाले प्रथम मुख्यमन्त्री शाहीलाई साविकको कर्णालीको कोटाबाट पदाधिकारीमा समेट्न नेतृत्वलाई आग्रह गरे । उनले पार्टी भित्र संगठन बचाउने भन्दा पनि वढि चुरिफुरी वडा जिताउन नसक्नेको भएकोले शाही स्थायी समितिमा नपरेको कुरा उल्लेख गरेका छन् । उनले उनले भने , नेकपा (माओवादी केन्द्र) मा वडा जिताउन नसक्नेहरुको चुरिफुरी नैतिक्ता हिन राजनिति पराकाष्टा हो ।

त्यस्तै प्रथम मुख्यन्त्री शाही निकट मानिएका पत्रकार देविराम देवकोटाले पनि वडा जिताउन नसक्नेको माओवादीमा बढी चुरिफुरी भएकोले साविकको कर्णालीबाट स्थायी समितिमा कोहि पनि नपरेको कुरा फेसबुकमा लेखेका छन् । उनले माओवादी नेतृत्वलाई तीन प्रश्न समेत गरेका छन,उनले लेखेका छन्, माओवादी नेतृत्वलाई मेरा तीन प्रश्न

(१)दम्पतिहरु नै स्थायी समिति सदस्य बनाउने कि स्थानीय चुनावमा राम्रो परिणाम ल्याउन पहल गर्ने नेतालाई स्थायी समितिमा बढुवा गर्ने ?
(२) साबिकको कर्णालीलाई सधैं हेप्ने कम्तीमा एक जनालाई स्थायी समिति सदस्य बनाउदा के आकाश खस्ने हो ?
)३) वडा जिताउन नसक्नेको चुरिफुरी माओवादीमा अलि बढी नै भो । यो चुरिफुरी कहिलेसम्म ?
नेतृत्वको समयमै ध्यानाकर्षण होस् ।

कर्णालीबाट राजनिति र कुटनितिमा अब्बल मानिएका र साविकको कर्णालीबाट सिनियर नेता शाहीलाई छुटाएर अन्य जुनियर नेताहरुलाई स्थायी समितिमा लिएकोप्रति शाहीको सचिवालयले समेत असन्तुष्टि पोखेको छ ।

कालिकोटमा नेता शाहीकै कारण अहिलेसम्म नेकपा (माओवादी केन्द्र) पहिलो पार्टी हुदै आएको छ ।