

सुर्खेत । संघीय सरकारले आगामी वर्ष कर्णालीमा कार्यान्वयन भइरहेका राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनालाई तीव्रता दिने दाबी गरेको छ, जसमा भेरी–बबई बहुउद्देश्यीय आयोजनाको हेडवक्र्स र पावर हाउस दुई वर्षभित्र सम्पन्न गर्ने गरी २ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ ।
त्यस्तै, कर्णाली कोरिडोरका लागि १ अर्ब २७ करोड बजेट व्यवस्थापन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताए । संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी दिएका हुन् ।

झिल्को खबर । १६ जेष्ठ २०८२, बिहीबार १७:३६