

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलसँगको फोटो फेसबुकको कभरमा राख्दै चर्चित खेल कमेन्टेटर एन्ड्रयु लियोनार्डले केही ठुलो घोषणा आउन लागेको बताएका छन् ।
उनले फोटोको क्यापसनमा पछिल्ला केही दिनहरू आफूसँग अहिलेसम्मकै सबैभन्दा व्यस्त र नाटकीय भएको उल्लेख गरे ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अझ व्यस्त र नाटकीय केही हप्ता कल्पना गर्न सक्दिनँ, बुधबारको ठुलो घोषणा अझ बाँकी नै छ। तपाईंहरू सबैलाई निरन्तर समर्थनका लागि धेरै धन्यवाद।’
यो भनाइसँगै उनले रोहित पौडेलसँगको तस्बिर सेयर गरेका छन्, जसले नेपाली क्रिकेट समर्थकहरूमा थप उत्साह र कौतुहलता जगाएको छ।
अब प्रश्न उठेको छ — बुधबारको त्यो ‘ठुलो घोषणा’ के हुन सक्छ? कसैले अन्तर्राष्ट्रिय क्रिकेटसँग सम्बन्धित प्रोजेक्ट अनुमान गरिरहेका छन् भने कसैले नेपाली क्रिकेटमै कुनै महत्त्वपूर्ण सहकार्यको संकेत देखेका छन्।
जे होस्, लियोनार्डले अन्त्यमा नेपाली शब्द ‘धन्यवाद’ लेख्दै नेपाली क्रिकेटप्रति सम्मान र आत्मीयता प्रकट गरेका छन्।

झिल्को खबर । २७ जेष्ठ २०८२, सोमबार १८:१५