अहिलेको बजेट कार्यकर्ता मुखि भयो–नेता शाही

फाइल तस्बिर ।

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले सरकारले ल्याएको अहिलेको बजेट विकास मुखि नभई कार्यकर्ता मुखि भएको बताएका छन् ।

आइतवार प्रतिनिधि सभा बैठकमा बोल्दै नेता शाहीले यो भन्दा अघिल्ला सरकारले ल्याएका बहुबर्षिया योजनाहरुलाई कार्यन्वयन गर्ने भन्दा पनि बजेटलाई वितरण गरेर कार्यकर्ता मुखि बनाउन लागेको आरोप लगाए ।

आफ्नो पार्टी संगठनलाई बलियो बनाउन बजेटलाई यसरी वितरण गरिएको भन्दै नेता शाहीले सरकारसँग बहुबर्षिय आयोजनाहरु कति छन् भन्ने कुनै रेकर्ड नभएको बताए ।

चुनावको बेला जनतालाई विकास निर्माणको क्षेत्रमा यो बनाउँछौ त्यो बनाउँछौ भनि बाचा गरेर आएको हुँदा चुनावको बाचा पुरा गर्न नसक्दा सत्तापक्षकै सांसदहरुलाई यो बजेटले खुसी पार्न नसकेको उनले जिकिर गरे ।

नेता शाहीले अहिलेको निर्वाचन प्रणाली बदल्नु पर्ने भन्दै सरकारलाई दबाब बढाउने भनेको नै निर्वाचन प्रणाली भएको उल्लेख गरे । यस्तै राष्ट्रको अर्थतन्त्र विकासमा अर्थमन्त्रीको हातमा हुँने भएकाले अर्थमन्त्रीले आफ्नो कार्याकालमा देशको अर्थतन्त्र बृद्धि गर्न तिर लाग्ने भन्दा भएको बजेटलाई कार्यकर्तालाई कसरी बाढ्ने भन्ने सोचका कारण देशको अर्थतन्त्र सुधार हुन नसकेको उल्लेख गरे ।

नेता शाहीले अगाडी भने,‘कर्णालीको शिक्षा,स्वास्थ्य, खानेपानी, पूर्वाधार क्षेत्रको विकास निर्माणका लागि सरकारले ध्यान दिन जरुरी छ । यहाँका युवाहरु वेरोजगार बन्दै गएका छन् । दैलेखमा पेट्रोलियम पद्धार्थ छ अहिले सरकारको लगानी ठुलो मात्रमा केन्द्रित गर्ने हो केहि समयमा नै यसको परिणाम आउने छ,’उनले भने ।’