जाजरकोटमा सर्पको टोकाइबाट बालिकाको मृत्यु

सुर्खेत । जाजरकोट जिल्लामा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको भेरी नगरपालिका ६ गंगटेका जयबहादुर शाहीका ११ वर्षीया दीक्षा शाहीको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

भेरी नगरपालिकाका विपद फोकल व्यक्ति यज्ञ गौतमले गए राति घरमै सुतिरहेको बेला दीक्षालाई सर्पले टोकेर मृत्यु भएको जानकारी दिए । मृतक शाही श्री भगवति माध्यमिक विद्यालय गंगाटीयामा कक्षा ६ मा अध्ययनरत छात्रा भएको विद्यालयका प्रधानाध्यापक भुवन शाहीले जानकारी दिए ।