

सुर्खेत । होराइजन एकाडेमी सुर्खेतले विद्यार्थीहरुको सुरक्षाको लागि एक लाख बराबरको विद्यार्थी सुरक्षा बिमा गरिदिने भएको छ ।
विद्यालयको हाताभित्र कुनै खेलकुद खेल्दा होस् वा विद्यार्थी विद्यालय रहेको अवस्थामा विद्यार्थीको जीवनमा आइपर्ने भव्यतव्य समस्याहरुलाई मध्यनजर गर्दै विद्यार्थीहरुको सुरक्षाको लागि यो बर्षबाट एक लाख बराबरको विद्यार्थी सुरक्षा बिमा गर्न लागिएको विद्यालयका प्रधानाध्यापक घनश्याम खड्काले बताए ।
‘यो बर्षको विद्यार्थी सुरक्षा विमाको रकम विद्यालयले नै व्यहोर्ने छ । तर अर्को बर्षबाट भने अभिभावकले नै विमा बापतको रकम तिर्नु पर्ने छ,’ प्रधानाध्यापक खड्काले भने,‘विमा बापतको रकम तिर्न अभिभावकलाई धेरै ठुलो भार पर्ने छैन ।’
स्कुल समयमा विद्यायमा अतिरिक्त क्रियाकलाप गर्दा कहिलेकाही हुँने दुर्घटनालाई मध्यनजर गर्दै अभिभावकलाई ठुलो आर्थिक भार नपरोस् भन्ने उदेश्यले विद्यालयले यो कार्यक्रम ल्याएको होराइजन एकाडेमीले जनाएको छ ।

झिल्को खबर । ९ असार २०८२, सोमबार १८:३३