

सुर्खेत । कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रिय धान दिवसको अवसरमा असार १५ गते कर्णाली प्रदेशका १० जिल्लामध्ये जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका शाखा अधिकृत राजेश चौधरीले २०८१ चैत्र १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले असार १५ गते धान दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए । जुम्लामा भने चैत १२ गते धान दिवस भनेर बिदा दिइएको थियो ।

झिल्को खबर । ११ असार २०८२, बुधबार १६:०२