कर्णाली प्रदेशका नवनियुक्त मन्त्री शाह र कामीले लिए शपथ

सुर्खेत, कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)बाट थपिएका दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार प्रदेश प्रमुख तिलक परियारले आर्थिक मामिला तथा योजना मन्त्री कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्री रातो कामीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

यसअघि माओवादीले आफ्ना सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जल, स्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर शाह र कामीलाई मन्त्रीका लागि मुख्यमन्त्रीसमक्ष सिफारिस गरेको थियो ।