बिरामीलाई फलफूल वितरण

मुगु । छायाँनाथ रारा नगरपालिका स्थित रारा बहुमुखी क्याम्पस स्वबियु सभापतीले आफनो जन्म दिनको अवसर पारेर जिल्ला अस्पतालमा रहेका बिरामीलाई फलफुल बितरण तथा एक दृष्ट्रि बिहिन घर परिवारलाई आर्थिक सहयोग गरेकी छिन ।

हरेक बर्ष आफनो घरपरिवार संग जन्म दिन मनाउदै आएकी रारा बहुमुखी क्याम्पस स्वबियु सभापती जय लक्ष्मि रावलले यो पटक आफनो जन्म दिन जिल्ला अस्पातलमा रहेका बिरामीहरु लाई फलफुल बितरण गर्नुका साथै दृष्ट्रि बिहिन घर परिवार लाई आर्थिक सहयोग गरेर जन्म दिन मनाएकी हुन ।

स्वबियु सभापती रावलले आफुले हरेक बर्ष घर परिवार संग जन्म दिन मनाउदै आएको बताईन । अहिले २५ बर्ष पार गरेको उपलक्ष्यमा घरमा जन्म दिन मनाउने घरपरिवारको सल्लाह भएको थियो । घरमा हुने फचुल खर्चलाई कम गर्दै गरी सामन्य भएपनी अस्पतालमा रहेका बिरामी फलफुल र दृष्ट्रि बिहिन कल्से नेपालीको घर परिवार लाई आर्थिक सहयोग गरिएको सभापती रावलले बताईन ।

जिल्ला अस्पाताल बिरामी लाई व्यक्तिगत हिसावले सहयोग गर्ने मान्छे कमै आउने गरेका छन।आफनो जन्म दिनको अबसरमा बिरामी लाई फलफुल बितरण गरेर उदारणीय काम भएको छ । यो सबैले सिक्नु पर्ने हो हरेक ब्यक्तिले आफनो जन्म दिन वा अन्य सुभ कार्यमा अस्पतालमा पुगेर रक्तदानका साथै बिरामीहरु लाई सहयोग गर्नु बिरामी तथा अन्यका लागी प्रेरणादायीका कार्य हुने जिल्ला अस्पातलका डाक्टर नहकुल शाहीले बताए ।