सुर्खेत, तत्कालिन नेकपा माओवादीको युद्ध कालमा २०५८ साल तिर बाल संगठनमा संगठित भएर ०५९ मा जिल्ला अध्यक्ष हुदै माओवादी जनयुद्धमा लागेका कालिकोट जिल्ला पलाँता गाउँपालिका वडा नं. ४ छलाँहाका तिलक बुढा उहिले देखिका देउडा खेलौडा हुन् । उमेरले त्यो बेला तिलक सानै भए पनि उनका गीतहरुमा परिपक्कता देखिएका कारण त्यो बेला तत्कालिन माओवादी पार्टीले आयोजना गरिने सभा, समारोहमा तिलकको माग अत्याधिक हुन्थ्यो ।
१३ बर्षको उमेरमा माओवादी जनयुद्धमा हिडेका तिलकले बाल संगठनसँगै कलाकारको भुमिकामा पनि जनयुद्धको समयमा काम गरे । कलकारिता क्षेत्रमा पनि देउडा खेलमा रुचि भएका तिलकले पहिलो पटक माओवादी नेतालाई यस्तो गीत मार्फत सजक गराएको उनले स्मरण गरे ।
घर घर रोटा मागी, क्या नेता बनौला
दुश्मनले खेद्यो भने, बचाओ भनौला
जिन्दगी यस्तै हो भन्दै रोजगार गर्न भारत पसे
जनयुद्धमा लाग्दा जुन जोस थियो जुन सपना थियो माओवादी पार्टी शान्ति प्रक्रियामा आइसकेपछि धेरै कुरामा फेरबदल आयो । सानै उमेरमा आमा गुमाएको पिडा त छदै थियो त्यसमाथि समाज बदलेर साम्यवाद ल्याउछु भनेर जनयुद्धमा हिडेको म आफ्नो जीवन धान्न पनि मुस्किल जस्तो भएर २०६२ सालको अन्तिम तिर रोजगारी खोज्दै कालापहाड (इण्डिया ) गए,’ ‘तिलकले भने,‘त्यो भन्दा अगाडी मेरो भाई र बाबाले पनि गाउँ छोडिसक्नु भएको थियो अन्तिममा जिन्दगी यस्तै रहेछ भन्ने बुझे,।’
मैले गाउँ छोडेर जानुमा मैले जनयुद्धलाई कहिल्यै पनि दोस दिइन म जस्ता हजारौ कार्यकर्ताहरुले त्यो बेलाको संक्रमणकालको समयमा व्यवस्थापकीय कामजोरीका कारण गाउँ छोड्नु पर्ने बाध्यता थियो । मैले समाज परिवर्तनको निम्ति देखेका सपनाहरु सेलाएका थिएनन् उनले भने,’ ‘यसमा पनि हुने खानेहरुनै अगाडी जान्छन् होला सोचे बुढा बुवा र सानो भाईको स्याहारको निम्ति र जनयुद्धको माध्यमबाट समाज परिवर्तन होला भन्ने उदेश्यले मैले आफ्नो पढाईलाई बिगारेर दोस्रो जीवनको अध्याय सुरु गरेको हु,।’
अटो रिक्सा चलाएर गीत गाए
जनयुद्धमा लाग्दा छाडेको पढाई पुन सुरु गरे फेरी कलाकार हुने रहर जाग्यो आफै अटो रिक्सा किनेर चलाए, ‘तिलकले भने,’ ‘केहि समय यसले पनि जीवन धान्नको लागि निकै सजिलो भयो । तिलकको जीवनमा यति उतावचढाव आउदा पनि आफ्नो बुवाले आफुले गरेको कामलाई कहिल्यै पनि नराम्रो नभनेका कारण आज यो ठाउँमा पुगेको बताए ।
उसो त तिलकले पछिल्लो समयमा थुप्रै गीतमा अभिनय गरिसकेका छन् आफै स्वर पनि दिएका छन् । कालिकोटको (लाटो) उपनामले चिनिएका तिलक रेडियोमा पत्रकारको रुपमा पनि काम गरे अहिले भने २०७९ बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पलाँता गाउँपालिकाको वडा नं. ४ को अध्यक्षमा निर्वाचित भएका छन् ।
बुवाले भोट हाल्नु भयो जितको खबर नसुन्दै संसार छाडेर जानु भयो ।
तिलक आफैलाई वडा अध्यक्ष हुन्छु भन्ने लागेको थिएन उनले गाउँ छाडेर गएको बर्षौ भइसकेको थियो । गाउँमा बस्नलाई तिलकको घर समेत छैन पुरानो भएको घर पनि भत्किएको छ । जब तिलकले वडा अध्यक्षको लागि माओवादी पार्टीबाट टिकट पाए त्यसपछि बाँकेको कोहलपुरमा भएका बुढा बुवालाई गाउँमा ल्याएर आफन्तको घरमा राखे । पंचायत कालमा दुई पटक वडा अध्यक्ष भएर काम गरिसकेका तिलकका बुवाको निम्ति छोरा वडा अध्यक्षको उम्मेदवार भएकोमा खुसिको सिमा नै थिएन ।
२०७९ बैशाख ३० गते तिलकका बुवाले तिलकलाई भोट हाले ३१ गते बुवाले सधैका निम्ति संसार छाडेर गए आफुले भोट हालेको छोरोको चुनाबी नतिजा सुन्न नपाउदै बुवाबाट विछाडिनु परेको पिडाले तिलकलाई अहिले पनि होसमा ल्याएको छैन तर पनि समाजको निम्ति भए पनि बोलिदिनु पर्ने हाँसिदिनु पर्ने भएका कारण तिलक पिडामै भए पनि हाँसिदिन्छन् बोलि दिन्छन् भन्छन् आमाले ले दुई बर्षको उमेरमा छोड्नु भयो बुवाले आफुले जम्मा गरेको खुसि समेत राम्रोसँग हेर्न पाउनु भएन,।’
बुवा गुमाउनुको पिडाले तिलक अहिले पनि बिछिप्त हुन्छन् । अहिले सम्म कमाएको खुसि जसलाई मैले देखाउनु पर्ने थियो उ नै यो संसारमा नरहेपछि मैले कमाएको खुसिको के काम भन्दै तिलक अहिले पनि समय प्रति प्रश्न गरिरहन्छन् ।
चुनावमा ठुला सपना बाडेको छैन बोले जतिका कुरा पुरा गर्छु
तिलक अहिले माओवादी नभएको भए आफु यो ठाउँमा नपुग्ने बताउछन् आफुले जिन्दगीमा धेरै संघर्ष गरे पनि इमानदारीता नगुमाएकै कारण आज यो ठाउँमा पुगेको बताउछन् । जीवनमा रिस डाहा गर्ने धेरै भए पनि आफुले आफ्नो कर्म प्रति इमानदारीता देखाउने हो भने सकैको केहि नलाग्ने रैछ उनि भन्छन् ।
‘चुनाव जितेर आएको छु मैले चुनावको बेला धेरै प्रतिबद्धता केहि पनि गरेको छैन,’ ‘उनले भने, ‘गाउँका आवश्यकताको बारेमा मैले जनतासँग प्रतिबद्धता गरेको छु ती प्रतिबद्धता पुरा गरी छोड्ने लक्ष्य छ ।,’ सबै कुरा पुरा गर्नको निम्ति सबैभन्दा ठुलो आर्थिक रहेछ प्रदेश र संघीय सरकार मार्फत जसरी हुन्छ बजेट ल्याएर पुरा गर्ने लक्ष्य लिएको उनले सुनाए ।
तिलकले अब आउने दिनमा राजनिति मार्फत समाज सेवा गरेर अगाडी जाने सोच बनाएका छन् । आफ्नो वडाको शिक्षा, खानेपानी, र सडकलाई पहिलो प्रथामिकतामा राखेर काम गर्न थालेको उनले बताए ।
विवशकुमार सेजुवाल । १६ भाद्र २०७९, बिहीबार १५:१३