

सुर्खेत । कालीकोट पचालझरना गाउँपालिकाको आयोजनामा अध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता संचालन हुँने भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश सापकोटाका अनुसार उक्त प्रतियोगिता यहि ३१ असोज देखि २ कार्तिकसम्म संचालन हुने भएको छ । प्रमुख प्रशासकीय अधिकृत सापकोटाले शुक्रवार एक सूचना जारी गर्दै उक्त प्रयोगितामा सहभागि हुँने इच्छुक टिमलाई ३० असोजसम्म टिम दर्ता गर्न आह्वान गरेका छन् । टिम दर्ता शुल्क भने पाँच हजार लाग्ने लाग्ने छ ।
स्थानीय खेलकुद गतिविधिमा सहभागिता अभिवृद्धि गर्दै खेलकुद पर्यटन प्रवद्र्धनमार्फत गाउँपालिकाको समग्र विकासमा योगदान पु¥याउने उद्देश्यले अध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता आयोजना गर्न लागेको गाउँपालिकाले जनाएको छ ।
उक्त प्रतियोगितामा प्रथम पुरस्कार राशि कर सहित रु.१ लाख ११ हजार एक सय ११ रुपैंया र ट्रफि प्रमाण पत्र रहेको छ भने द्वितिय पुरस्कार रु.५५ हजार पाँच सय ५५ रुपैंया र ट्रफि प्रमाण पत्र रहेको छ ।
गाउँपालिका केन्द्र पडेक्षामा आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा गाउँपालिका भित्र, जिल्ला र जिल्ला भन्दा बाहिरका टिम सहित सहभागि हुँने अपेक्षा लिइएको छ ।
हेर्नुहोस् गाउँपालिकाको प्रतियोगिता संचालनको लागि निकालेको सूचना ।


झिल्को खबर । २५ आश्विन २०८२, शनिबार २०:३६