
सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् । शर्माले बुधबार दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई सम्बोधन गर्दै राजीनामा दिएको जानकारी गराएका हुन्।
कर्णालीका पूर्वमुख्यमन्त्री समेत रहेका उनी हालै गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आवद्ध भएका छन् । उनले हालसम्म सांसद पदबाट भने राजीनामा दिएका छैनन् । शर्माको राजीनामालाई कर्णालीको महत्वपूर्ण राजनीतिक घटनाका रूपमा लिइएको छ ।

झिल्को खबर । १८ मंसिर २०८२, बुधबार १८:५९