

सुर्खेत । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि कालिकोटमा १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन कार्यालय कालिकोटका अनुसार आज भएको उम्मेदवारी दर्तामा १० राजनीति दल र ४ जना स्वतन्त्र व्यक्तिले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपाली कम्युनिष्ट पार्टीबाट महेन्द्र बहादुर शाही,नेकपा (एमाले)बाट नगीन्द्र शाही ‘नेशनल’, नेपाली काँग्रेसबाट हर्ष बहादुर बम र नेकपा (माओवादी)बाट खड्ग बहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रकाश न्यौपाने, नेपाल मजदुर किसान पार्टीबाट नन्द बहादुर शाही, राष्ट्रिय जनमोर्चाबाट अजय गिरी, प्रगतिशिल लोक तान्त्रिक पार्टीबाट धर्मराज न्यौपाने र देशभक्त पार्टीबाट प्रेम सिंह तिरुवाले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ,
यता नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार महेन्द्र बहादुर शाहीका विरुद्ध सोहि पार्टीका नेता जीवन बुढाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने नेपाली काँग्रेसका उम्मेदवार हर्ष बहादुर बमका विरुद्ध सोहि पार्टीका युवा नेता भुपेन्द्रजंग शाहीले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
अन्य स्वतन्त्र उम्मेदवारहरुमा मान बहादुर तिरुवा र अस्मिन कुमार विष्टले पनि आफ्नो स्वतन्त्र उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचनको कार्यालय कालिकोटले जानकारी दिएको छ ।
प्रतिस्पर्धा रोचक बन्दै
कालिकोटमा अघिल्ला निर्वाचनमा यो पटकको निर्वाचन रोचक प्रतिस्पर्धा हुँने देखिएको छ । १८ बर्ष पछि संसदीय निर्वाचनमा सहभागि हुन लागेका नेकपा (माओवादी)का स्थाई कमिटी सदस्य खड्ग बहादुर विश्वकर्माको आगन र मुख्य प्रतिस्पर्धिको रुपमा रहेका नेपाली काँग्रस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)काबाट पार्टीको आन्तरिक कलहका कारण स्वतन्त्र उम्मेदवारी दिएका कारण पनि यो पटकको निर्वाचनको प्रतिस्पर्धा रोचक बनेको हो ।
यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कालिकोटमा पहिलो पटक निर्वाचनमा भाग लिदै छ । गत भदौमा भएको जेनजी आन्दोलन पछि राजनीतिदल सम्बद्ध युवाहरुले नयाँ पुस्ता खोजिरहेको अवस्थामा रास्वपाको कालिकोट प्रवेशलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।

झिल्को खबर । ७ माघ २०८२, मंगलवार २०:३८