११ माघमा सुर्खेतमा रहेका कालिकोटवासीसँग भेटघाट गर्दै नेता शाही

सुर्खेत । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार तथा कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाही यहीँ माघ ११ गते सुर्खेतमा रहेका कालिकोटबासीसँग भेटघाट गर्ने भएका छन् ।

उनको सुर्खेत बसाइका क्रममा सुर्खेतमा रहेका कालिकोट जिल्लाबासीहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको गरिएको छ । कार्यक्रममा निर्वाचन, समसामयिक राजनीति तथा कर्णालीको विकासका विषयमा छलफल हुने बताइएको छ

भेटघाट कार्यक्रम शिद्धार्थ सहकारी हल, सानीहाइलाइनमा आयोजना हुने जनाइएको छ । आयोजकले सुर्खेतमा रहेका सम्पूर्ण कालिकोटवासीलाई कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरिएको छ ।