

सुर्खेत । सुर्खेतमा लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ बस्ने २० वर्षकी माया नेपाली र २८ वर्षकी संगिता विक छन् ।
उनीहरूको साथबाट ८ ग्राम ०६ मिलिग्राम ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।
वीरेन्द्रनगर–११ मा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका उनीहरूमाथि थप अनुसन्धान भइरहेको डिएसपी बुढथापाले बताए।

झिल्को खबर । ५ फाल्गुन २०८२, मंगलवार २१:११