

सुर्खेत । आगामी प्रतिनिधि सभा निर्वाचनको लागि कालिकोटबाट उम्मेदवार बनेको नेकपा (माओवादी)का नेता खड्ग बहादुर विश्वकर्मा माथि प्रश्नै प्रश्न उठ्न थालेको छ ।
नेता विश्वकर्मा माथि पछिल्लो समय हालै विभिन्न राजनीतिक वृत्तमा आलोचना र बहस चुलिएको छ । संसदीय व्यवस्थाको विरोधदेखि चुनावी प्रतिस्पर्धासम्मको उनको यात्रालाई लिएर समर्थक र आलोचकबीच मतभेद तीव्र बनेको हो ।
नेता विश्वकर्माका पछिल्ला विवादास्पद अभिव्यक्ति र सहयात्रीप्रतिको व्यवहारले तिव्र आलोचना हुने गरेको छ । विश्वकर्मामाथि आफ्नै सहयोद्धालाई “बच्चा” “लफङ्गा” जस्ता शब्द प्रयोग गरेको आरोप पनि लाग्दै आएको छ ।
कुनै बेला कर्णालीमै प्रभावसाली नेता मानिने विश्वकर्मा आजभोली जिल्लामै एक्लिदै गएका छन् । उनको गृहजिल्ला कालिकोटमा समेत उनि राजनीति रुपमा एक्लिन पुगेका हुन् । केही स्थानीय नेताहरूका अनुसार विश्वकर्माले “जिल्लामा आफू बाहेक अरूको भूमिका स्वीकार नगरेको” आरोप लगाउँदै आएका छन् ।
जनताको संविधान लेख्न भन्दै कालिकोटबाट ०६४ मा निर्वाचित भएका विश्वकर्मा संविधान लेख्नबाट भागेको आरोप लाग्दै आएको छ ।
विश्वकर्मालाई “संविधान लेखनजस्तो ऐतिहासिक प्रक्रियाबाट बीचमै अलग हुनु गैरजिम्मेवार कदम” भएको उनका तत्कालिन सहयात्रीहरुले नै बताउँने गरेका छन् । संसदीय व्यवस्थाको विरोधबाट चुनावी राजनीतिसम्म आउँदा विश्वकर्मा माथि कालिकोटका युवा राजनीति दल लगायतका क्षेत्रबाबट चर्को आलोचना हुँदै आएका छ ।
विश्वकर्मा हाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी) सँग सम्बद्ध रहँदै संसदीय राजनीतिमा दोस्रो पटक प्रवेश गर्ने तयारी गरे पनि उनको जिल्लामा उनलाई सजिलो छैन । सुरुमा माओवादीले केहि गर्न सक्दैन भन्दै माओवादी नामबाट भागेर नेकपा सम्म पुगेका विश्वकर्मालाई अहिले संसदीय राजनीतिमा दोस्रो पटकको तयारीको लागि फेरी पनि माओवादी नाम रोजेकोमा आलोचकहरू यसलाई “सिद्धान्तबाट विचलन” भन्दै आएका छन् ।
विश्वकर्मा माथि स्थानीय तहमा भएका विकास निर्माणका कामहरूको श्रेय आफूले लिएको भन्ने आरोप पनि लाग्दै आएको छ । नेता विश्वकर्माले पूर्व माओवादी धारका प्रभावसाली नेता एवं कालिकोटका प्रतिनिधि सभा उम्मेदवार महेन्द्र बहादुर शाही मुख्यमन्त्री र संघीय सरकारको उर्जा मन्त्री हुँने बेला गरेका कामहरुको श्रेय लिन खोजेको आरोप लाग्दै आएको छ ।

झिल्को खबर । ६ फाल्गुन २०८२, बुधबार १९:३३