

सुर्खेत । सुर्खेत महिला जेसीज बर्ष २०२६ को आयोजनामा सुर्खेत निर्वाचन क्षेत्र २ बाट आगामी फागुन २१ मा हुँने प्रतिनिधिसभा निर्वाचनको लागि विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारहरुको सहभागितामा प्रत्यक्ष संवाद (ककस) कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम सुर्खेत महिला जेसीज वर्ष २०२६ की अध्यक्ष जेसी मनु सुनारको अध्यक्षता तथा संस्थापक अध्यक्ष जेसी सीमा चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सुर्खेत क्षेत्र नं. २ का उम्मेदवारहरू कार्यक्रममा सहभागी भएका थिए । संवाद कार्यक्रममा कुलमणि देवकोटा (नेपाल कम्युनिष्ट पार्टी (एमाले)), झकबहादुर मल्ल (नेकपा), रमेश सापकोटा (राष्ट्रिय स्वतन्त्र पार्टी), कबिराम पुरी (उज्ज्वल नेपाल पार्टी), गम्भीर सिंह भुल (उज्यालो नेपाल) तथा स्वतन्त्र उम्मेदवार कृष्ण खत्रीले आफ्ना धारणा, योजना तथा प्रतिबद्धता प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सुर्खेत महिला जेसीजका पूर्व अध्यक्षहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले प्रत्यक्ष संवादमार्फत उम्मेदवारका विचार र योजनाबारे स्पष्ट जानकारी पाउने अवसर प्राप्त गरेका थिए ।

झिल्को खबर । ६ फाल्गुन २०८२, बुधबार २०:५०