एकता भएर लाग्नुहोस् म कालिकोटको विषयमा गम्भिर छु – प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग मंगरवार भेटघाटमा गएका कालिकोट माओवादी केन्द्रका नेताहरु

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले माओवादी केन्द्र कालिकोटका नेताहरुलाई एकताबद्ध भएर लाग्नको लागि निर्देशन दिएका छन् ।

कालिकोट जिल्ला माओवादी आधार क्षेत्र भएको भन्दै प्रचण्डले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि कालिकोट जिल्लामा गठबन्धनमा कसरी जाने भन्ने विषयमा आफु गम्भिर रहेको उनले बताए ।

प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेदवारको रुपमा सिफारिस भएका नेताहरुसँग मंगलवार छलफल गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएको छलफलमा सहभागि पूर्व राष्ट्रिय सभा सदस्य एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य जीवन बुढाले जानकारी दिए ।

‘अध्यक्ष कमरेड प्रचण्डले हामिले राखेका विषय वस्तुमा सोझो – सोझो उत्तर दिनु भयो, ‘भेटघाटमा सहभागि भएका बुढाले भने,’ ‘कालिकोट जनयुद्ध देखिको आधार क्षेत्र भएकोले त्यस क्षेत्रको बारेमा अध्यक्ष प्रचण्ड गम्भिर हुनुहुन्छ,।’

भेटमा कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का पोलिट व्यूरो सदस्य महेन्द्रबहादुर शाही, प्रतिनिधि सभा सदस्य दुर्ग रावत, केन्द्रीय सदस्य विष्णु वि.क. यसोदा न्यौपाने र कालिकोट जिल्ला संयोजक लक्ष्मीप्रसाद चौलागाई र कासी बराल समेत सहभागि थिए ।