सुर्खेत । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद, २०७९ को रनिङ्ग ट्रफी टुरको मिति घोषणा गरेको छ ।
२०७९ को रनिङ ट्रफी टुर कर्णाली प्रदेशमा भने असोज ११ गते आइपुग्ने कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले जानकारी दिए ।
राष्ट्रिय खेलकुद परिषदले सार्वजनिक गरेको २०७९ को रनिङ ट्रफी टुरको समय तालिका अनुसार सुदूरपश्चिम प्रदेश असोज १ गते, लुम्बिनी प्रदेश असोज २ गते, मागमती प्रदेश असोज ३, गते नेपाली सेना असोज ७ गते, १ नम्बर प्रदेश असोज ८ गते, नेपाल प्रहरी असोज ९, गते सशस्त्र प्रहरी बल असोज ९गते, कर्णाली प्रदेश असोज ११ गते, मधेश प्रदेश असोज १३ गते र गण्डकी प्रदेश २३ ÷२४ ÷२५ गते हुने भएको छ ।
गत असार २४ गते बसेको मुल आयोजक समितिको बैठकले २०७९ को रनिङ ट्रफी टुरलाई सातै प्रदेशमा कार्यक्रम सहित प्रदर्शनी गर्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यन्वयनका लागिा परिषदको यहि भदौ २६ गते बसेको कार्यकारी समितिको बैठकले नेपाल ओलम्पीयन संघका अध्यक्ष दिपक विष्टको संयोजकत्वमा रनिङ्ग ट्रफी टुर कार्यदल गठन गरेको थियो ।
नवौं राष्ट्रिय खेलकुदको रनिङ्ग ट्रफीको शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेका छन् । उक्त सार्वजनिक कार्यक्रममा तिन विभागिय टिमका विभागी प्रमुख पनि सहभागि थिए ।
२०७९ को रनिङ ट्रफी टुरका संयोजक दीपक विष्ट सहित अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का, महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धावक मिरा राई रहेका छन् ।
झिल्को खबर । ३१ भाद्र २०७९, शुक्रबार १६:१३