रुसलाई युक्रेनमाथिको आक्रमण तत्कालन बन्द गर्न भन्दै सुर्खेतमा धर्ना सहित प्रदर्शन

सुर्खेत । रुसलाई युक्रेनमाथिको आक्रमण तत्कालन बन्द गर्न भन्दै सुर्खेतमा धर्ना सहित प्रदर्शन गरिएको छ ।

४१ औं अन्तर्राष्ट्रिय शान्ति दिवसको अबसरमा मानव अधिकार तथा शान्ति समाज सुर्खेत शाखाले बुधवार सुर्खेतको वीरेन्द्र चौकमा धर्ना सहित प्रदर्शन गरेको हो ।

प्रदर्शन कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले रुसले युक्रेनका नागरिक माथि गरेको युद्ध अपराध तत्काल अन्त्य हुनु पर्ने भन्दै शान्ति सबैका लागि आवश्यक भएकोले युद्ध शान्तिको सबैभन्दा ठुलो बाधक भएको बताए । ‘शान्ति स्थापनाको लागि समाजमा हुने सबै खालका अन्याय अन्त्य हुनु पर्छ,’ ‘उनले भने,।’ शान्तिको विरुद्धमा लाग्ने शक्ति त्यो मानवता विरोधि शक्ति हो त्यसैले नेपालमा पनि अहिलेका तीन तहका सरकारले सामाजमा हुने अन्यायको अन्त्य गर्न पर्छ,।’

यस्तै मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति कृष्ण रावलले मानव अधिकार, लोकतन्त्र शान्ति र अहिंसाको बारेमा यो संस्थाले बोल्ने भएकाले रुस र युक्रेन बीचको युद्ध भएको ६ महिना वितिसक्दा पनि युद्ध नरोकिएका कारण तत्कालन युक्रेन माथिको आक्रमण रोक्न रुसलाई आग्रह गरे । शक्तिसाली राष्ट्रहरुले आणविक भण्डारण गरि राखेको हुनाले यस्ता खालका युद्धले विश्व ध्वस्त हुने खतरा रहेको भन्दै उपसभापति रावलले यो युद्ध जसरी पनि रोक्नु पर्ने बताए ।

प्रदर्शन कार्यक्रममा विभिन्न संघ संस्थाहरुको सहभागिता रहेको थियो ।