पार्टीमा योगदान गरेका भन्दा आफ्ना व्याक्तिगत मानिसलाई समानुपातिक सुचिमा राखियो – नेता शाही

सुर्खेत । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि कर्णाली प्रदेशबाट नेपाली काँग्रेसले पेस गरेको समानुपातिक बन्द सुचिमा पार्टीमा योगदान गरेका भन्दा आफ्ना व्याक्तिगत मानिसलाई सिफारिस गरेको आरोप लागेको छ ।

कर्णाली प्रदेश नेपाली काँग्रेसले पेस गरेको समानुपातिक बन्द सुचि बारे प्रतिक्रिया दिदै नेपाली काँग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले सामाजिक संजाल फेसबुक मार्फत यस्तो आरोप लयाएका हुन् ।

नेता शाहीले नेपाली काँग्रेस कर्णाली प्रदेशले पेस गरेको समानुपातिकको बन्द सुचि असन्तुलित, अव्यवाहारिक र अन्न्यायपुर्ण भएको भन्दै पार्टीमा दुख गरी रगत पसिना बगाएका नेता कार्यकर्ता हरुलाइ पन्छाएर आफ्ना व्यक्तिगत मान्छेहरुलाइ मात्र समावेश गरिएकाले यो सुचिले आगामी निर्वाचनमा नेपाली काँग्रेसलाइ बलियो होइन कमजोर बनाउने उल्लेख गरेका छन् ।

संस्थापन इतरबाट कर्णालीको नेतृत्व गरेका नेता शाहीले पार्टीमा सबैको भावना, फरक बिचार, सबै क्षेत्र, सबै जाति, सबै बर्ग र सबैको प्रतिनिधित्व हुने गरि समानुपातिक सुचिलाइ तत्काल सच्याउन संस्थापन पक्षसँग माग गरेका छन् ।

नेता शाहीले लेखेका छन् अहिले पेस गरेको बन्द सुचि नसच्चिएमा अन्यथा यसवाट हुने सम्पुर्ण क्षतिको जिम्मेवारी जसले यो सुचि एकलौटी बनायो उसैको हुने भन्दै निर्वाचनमा जादा पार्टिलाइ एक ढिक्का, एकमत, एकताबद्ध र पुर्ण सहमति का साथ नेपाली काँग्रेसलाइ बिजयी गराउन लाग्नु पर्ने मा एकलौटी र मनोमानी गर्नु दुर्भाग्य पुर्ण भएको उल्लेख गरेका छन् ।

अहिलेको सुचि तयार गर्दा आफुसँग कुनै सल्लाह नगरेको भन्दै उनले आफ्नो सल्लाह, राय सुझाव र हाम्रो भावना नसमेटिएको समेत स्पष्ट पारेका छन् । नेता शाही संस्थापन इतर समूहबाट नेपाली काँग्रेस प्रदेश सभापतिका प्रत्यासी समेत हुन्

नेता शाहीले सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटस यस्तो छ ।

कर्णाली प्रदेश वाट समानुपातिकमा पर्न सफल भएकाहरूको सुचि हेर्दा यो अत्यन्तै असन्तुलित, अव्यवाहारिक र अन्न्यायपुर्ण छ। पार्टिमा दुख गरेका, योगदान गरेका, पार्टी लाइ जिवन दिएका , रगत पसिना बगाएका पार्टीका नेता कार्यकर्ता हरुलाइ पन्छाएर नितान्त आफ्ना व्यक्तिगत मान्छेहरुलाइ मात्र समावेश गरिएको यो सुचिले आगामी निर्वाचनमा नेपाली काङ्ग्रेस लाइ बलियो होइन कमजोर बनाउछ ।

पार्टीमा सबैको भावना, फरक बिचार, सबै क्षेत्र, सबै जाति, सबै बर्ग र सबैको प्रतिनिधित्व हुने गरि समानुपातिक सुचिलाइ तत्काल सच्चाएर कर्णालीका दुख गरेका, संघर्ष गरेका, रगत बगाएका, ज्यान दिएका शहिद परिवार लाइ समेटेर नयाँ सुचि बनाइयोस। अन्यथा यसवाट हुने सम्पुर्ण क्षतिको जिम्मेवारी जसले यो सुचि एकलौटी बनायो उसैको नै हुनेछ। निर्वाचनमा जादाखेरि पार्टिलाइ एक ढिक्का, एकमत, एकताबद्ध र पुर्ण सहमति का साथ गएर नेपाली काङ्ग्रेस लाइ बिजयी गराउन लाग्नु पर्ने मा एकलौटी र मनोमानी गर्नु दुर्भाग्य पुर्ण हो। यो सुचि तयार गर्दा हामि सङ्ग कुनै पनि सर सल्लाह, राय सुझाव र हाम्रो भावना नसमेटिएको समेत स्पष्ट पार्न चाहन्छु। जय नेपाल !!!

भुपेन्द्र जङ शाही
सभापतिका प्रत्यासी
कर्णाली प्रदेश
नेपाली काङ्ग्रेस