नेता शाही फुकोट हाइड्रोको अनुगमनमा

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का युवा नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले फुकोट हाइड्रोको अनुगमन गरेका छन् ।

सहिद सप्ताहको अबसरमा गृह जिल्ला पुगेका नेता शाहीले सोमवार निर्माणाधिन फुकोट हाइड्रोको अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा नेता शाहीले हाइड्रोको पछिल्लो प्रगतिका बारेमा जानकारी लिएका थिए । जानकारी लिने क्रममा उनले फुकोट डाइड्रोले कर्णाली मात्र नभएर नेपाल मै समृद्धि ल्याउने बताए । अहिले हाइड्रोको प्रारम्भिक काम भइरहेको छ ।