कालिकोट पचालझरनाको सार्वजनिक सुनुवाइ ३० बैशाखमा हुने

सुर्खेत । कालिकोट पचालझरना गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ को चौथो चौमासिकसम्म सम्पन्न गरेका विकास निर्माण कार्यक्रमहरूको सार्वजनिक सुनुवाइ यहि ३० बैशाखमा गर्ने भएको छ ।

गाउँपालिकाको केन्द्र, पडेक्षामा हुने सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय नागरिक, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, बुद्धिजीवी, युवा क्लब, बाल क्लब, वन उपभोक्ता समूह, टोल विकास संस्था, निर्माण व्यवसायी, स्वयंसेवक, महिला समूह, पत्रकारलगायत सबै सरोकारवालाहरूलाई सहभागी हुन आह्वान गरिएको छ।

गाउँपालिका प्रशासन अधिकृत मोहन प्रसाद न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा सुनुवाइ कार्यक्रममा विकास निर्माण कार्यका उपलब्धि, चुनौती र समाधानका उपायहरूबारे छलफल गरिने उल्लेख छ। स्थानीय तहमा पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

गाउँपालिकाले सार्वजनिक सुनुवाइमा सबै क्षेत्रका नागरिकको सक्रिय सहभागिता अपेक्षा गरेको छ।