कर्णालीमा ‘लीड विथ ल्याङ्ग्वेज’ कार्यशाला सम्पन्न, उद्यमशील युवाहरूलाई सशक्तिकरण

सुर्खेत । अमेरिकी दूतावासको परियोजना नुसान मार्फत अलुम्नाइ (ASG) परियोजना २०२५ अन्तर्गत कर्णाली प्रदेशबाट विजेता सुस्मिता गिरीले ‘ Lead with Language: English for Future entrepreneurs’ शीर्षकको दुईदिने अन्तरक्रियात्मक कार्यशाला वीरेन्द्रनगरमा यहि साउन २ र ३ गते सम्पन्न भएको छ ।

कार्यशालाको उद्देश्य उद्यमशील सोच भएका युवाहरूलाई अङ्ग्रेजी भाषा, उद्यमशीलता र प्रविधिको संयोजनमार्फत व्यवहारिक सीपमा आधारित ज्ञान प्रदान गर्नु रहेको थियो।

पहिलो दिन:

कार्यक्रमको सुरुवात ‘उद्यमशील दुनियाँमा अङ्ग्रेजी भाषाको महत्वपूर्ण भूमिका’ विषयमा आयोजित विचारमूलक प्यानल छलफलबाट भयो, जहाँ शिक्षाविद् र उद्यमीहरूले आफ्ना अनुभव र विचारहरू प्रस्तुत गरे। त्यसपछि युवा उद्दमिहरुलाइ आवश्यक सीप जस्तै व्यापारिक विषयमा सत्रहरू सञ्चालन भए, जसमा व्यवसायिक इमेल लेखन तथा व्यवसाय सुरु गर्नका लागि SWOT विश्लेषणको अभ्यास गराइयो।

दोस्रो दिन:

अर्को दिन सहभागीहरूले व्यापारिक ब्रान्डिङको सिर्जनात्मक पक्षमा सहभागी हुँदै डिजिटल फ्लायर तयार पार्ने कार्य र क्यानभास मोडेल अफ बिजनेस प्लानिङको अभ्यास गरे।

तालिममा सहभागीहरु ।

कार्यशालामा १८ देखि ३० वर्ष उमेर समूहका ३० जना युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। उनीहरूले कार्यशालाबाट अङ्ग्रेजी भाषा र प्रविधिको प्रयोगमार्फत उद्यमशीलतामा अघि बढ्न आत्मविश्वास र व्यवहारिक सीप हासिल गरेका थिए।

सुस्मिता गिरीको यस पहलले युवाहरूलाई नेतृत्व, भाषा तथा प्रविधिको प्रयोगमा सशक्त बनाउन उल्लेखनीय योगदान पुर्‍याएको छ। ASG 2025 कार्यक्रमअन्तर्गतको यस परियोजनाले कर्णाली प्रदेशमा युवाबाट सञ्चालित सकारात्मक परिवर्तनको प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।

तालिम सम्पन्न पश्चात् सहभागीहरु ।