सुर्खेत । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष पन्चा सिंहले दक्षिण भारतीय फिल्म आदिपुरुषमा मिथिला राजकुमारी जानकीलाइ भारतिय छोरीको उपमा दिएर निर्माण गरेको फिल्म भित्रको भ्रामक विषय सच्याउन आग्रह गरेकी छन् ।
शुक्रवार समाजिक संजाल फेसबुकमा संगठनको धारणा सार्वजनिक गर्दै अध्यक्ष सिंहले उक्त फिल्म भित्र समावेश गरिएको भ्रामक विषयबारे संगठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल भ्रामक विषय सच्याएर सत्य विषय प्रतुत गर्न सम्वन्धित पक्षसंग आग्रह गरेकी हुन् ।
उनले अगाडी लेखिकी छन् ‘निर्माण पक्षले चलचित्रमा समावेश गरेको भ्रामक समाचार नसच्याए सम्म नेपालका सिनेमा हलहरुमा भारतिय सिनेमा बन्द गर्ने र बहिष्कार गर्ने चेतावनी दिन चाहन्छौं ।’
यस्तो छ अध्यक्ष सिंहले लेखेको फेसबुक स्टाटस
दक्षिण भारतीय फिल्म आदिपुरुषमा मिथिला राजकुमारी जानकीलाइ भारतिय छोरीको उपमा दिएर निर्माण गरेको फिल्म बारे हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । तत्काल भ्रामक विषय सच्याएर सत्य विषय प्रतुत गर्न सम्वन्धित पक्ष संग आग्रह गर्दछौं निर्माण पक्षले चलचित्रमा समावेश गरेको भ्रामक समाचार नसच्याए सम्म नेपालका सिनेमा हलहरुमा भारतिय सिनेमा बन्द गर्ने र बहिष्कार गर्ने चेतावनी दिन चाहन्छौं ।
झिल्को खबर । १ असार २०८०, शुक्रबार ०७:०१