काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा हुने त्रिकोणात्मक शृंखलाको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार टोली सोमबार बिहान भारत गएको हो । टोलीले बेङ्लोरको नेसनल क्रिकेट एकेडेमी (एनसिएमा) मा दुई साता प्रशिक्षण गर्नेछ ।
नेपालले लिगको दोस्रो शृंखलामा ओमान र घरेलु टोली क्यानाडाको सामना गर्नेछ ।
घरेलु मैदानमै भएको पहिलो शृंखलामा नेपालले चार खेल खेल्दा एक मात्र जित निकालेको थियो ।
शृंखलाका लागि क्यानले २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
बन्द प्रशिक्षणमा रहेका खेलाडी
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिलकुमार साह, देव खनाल, करण केसी, गुल्सानकुमार झा, कमलसिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ शेख, सूर्य तामाङ, कुशल मल्ल, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, आकाश चन्द, अर्जुन साउद, सागर ढकाल, सोमपाल कामी, सन्दीप जोरा
झिल्को खबर । २८ श्रावण २०८१, सोमबार १२:२७