डाक्टर खड्का प्रधान सेनापतिबाट सम्मानित

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्बर खड्का प्रधान सेनापति प्रशंसा निशानबाट सम्मानित भएका छन् ।

जाजरकोट र रुकुपश्चिममा गत कार्तिक १७ गते गएको भुकम्पबाट घाइते भएका स्थानीय बासिन्दाको उपचारमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रा.डा. खड्कालाई सम्मान गरिएको हो ।

प्रधान सेनापति प्रभुराम शर्माले प्रदान गरेको सम्मान पत्रमा लेखिएको छ । ‘रुकुम पश्चि र जाजरकोट जिल्लाका भुकम्प प्रभावित स्थानीय बासिन्दाहरुलाई स्वास्थ्य सेवा प्रवाह गर्न पु¥याउनु भएको महत्वपूर्ण भुमिकाको प्रशंसा एवं उच्च मुल्याङ्कन गर्दै प्रधान सेनापति प्रशंसा निशान प्रदान गरिएको छ ।’

प्रधान सेनापति प्रशंसा निशान पाउदा आफुलाई थम जिम्मेवारी बोध भएको प्रा.डा. खड्काले बताए । ‘भुकम्पको बेला हामीले प्रदेश अस्पतालको तर्फबाट सक्दो काम गरेका थियौ यो अबसरमा म अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टर,नर्श,कार्यालय सहयोगी सबैलाई यस अबसरमा सम्झिन चाहन्छु उनले भने ।’