कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित, बुधबार बिहान ८ बजेका लागि बोलाइयो

काठमाडौँ । कांग्रेस संस्थापन पक्षको मंगलबार १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक बस्दैनबसी स्थगित भएको छ ।

रातिसम्ममा सहमति बन्न सक्ने भएकोले केन्द्रीय कार्यसमिति बैठक भोलि बुधबार बिहान ८ बजे बस्ने गरी बैठक स्थगित गरिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

’अहिले पार्टीलाई विभाजनतिर लगेर कसैलाई फाइदा छैन । नेपाली जनता र देशलाई पनि फाइदा छैन । जसले जे भने पनि प्रजातन्त्रको धरोहर र यो राष्ट्रलाई बजबुत बनाउने धरोहर भनेकै नेपाली कांग्रेस नै हो । अरु कसैले सक्दैन । नयाँ पार्टीले पनि सक्दैन । पुराना पार्टीले पनि त्यो विश्वसनीयता दिन सक्दैन भन्ने हामीलाई राम्रो थाहा छ,’ प्रवक्ता महतले भने ।

उनले विशेष महाधिवेशन गरिरहेका पक्षलाई पार्टी फुटाउनतिर नलाग्न आग्रह गर्दै सबैको भावना पार्टीमा कदर हुने बताए । प्रवक्ता महतले पार्टी केन्द्रीय समितिले गरेका निर्णयअनुसार अगाडि जानुपर्नेमा जोड दिएका छन् ।