

दाङ । लमही नगरपालिका–२ स्थित रनियापुरमा महिलाहरूका लागि सञ्चालन गरिएको चारदिने आधुनिक कृषि तालिमले स्थानीय महिलाहरू आफैँ स्रोत व्यक्तिका रूपमा विकसित भएका छन्।
छाँ–या अष्ट्रिया र ल्याण्ड टिरोल सरकारको आर्थिक सहयोग र छाँ—या नेपालको प्राविधीक सहयोगमा महिला सशक्तिकरण तथा कृषिमा जलबायु उत्थानशिलता अभिवृद्धि परियोजना मार्फत गत कार्तिक २४ देखि २७ गतेसम्म आयोजना गरिएको तालिमका महिलाहरूले प्लास्टिक ग्रीन हाउस निर्माणदेखि आधुनिक तरकारी खेती प्रविधिसम्मको व्यावहारिक ज्ञान हासिल गरेपछी तालिममा सहभागी महिलाहरु आफै श्रोत व्यक्तिका रुपमा विकसित भएकी हुन ।
उक्त तालिम पश्चात रनियापुर महिला कृषि सहकारी ५१ जना महिलाहरूले आधुनिक तथा प्रविधी मैत्रि तरकारी खेती आफै गर्न थालेको रनियापुर महिला कृषि सहकारीमा आवद्ध महिला हरुले बताएकी छन ।
तालिममा खेतमै केन्द्रित व्यावहारिक अभ्यासमा आधारित भएकाले सहभागी महिलाहरूले सिकेका सीप तत्काल प्रयोग गर्ने अवसर पायौ । तालिमका क्रममा दुईवटा डोम आकारका र एउटा ए–शेप प्लास्टिक टनेल निर्माण गरिएको थियो। साथै प्लास्टिक मल्चिङ, ड्रिप सिँचाइ प्रणाली, ड्याङ बनाएर तरकारी रोप्ने प्रविधि, माटो व्यवस्थापन र उत्पादन वृद्धि गर्ने उपायबारे प्रशिक्षणले अब आफनो र गाउँका लागी आफै श्रोत ब्यक्तिका रुप स्थापित भएको जनुमाया चौधरीले बताईन । यो तालिमबाट पाएको अवसरले आफुले घरमा च्याउ खेती शुरु गरेको रम्वा चौधरीले बताईन रम्वाका अनुसार आफुले उत्पादन गरको च्याउ घरपरिवारले उपभोग गरी बाहिर बजार सम्म बिक्रि गरेर आम्दानी समेत हुने गरेको बताईन ।
छाँ–या नेपालका जीविकोपार्जन विज्ञ लोकेन्द्र बहादुर रावलका अनुसार तालिम सञ्चालनको मुख्य उदेश्य भनकै यस परियोजनाको उद्धेश्य महिलाहरुलाई सहकारीका माध्यमबाट एकिकृत गर्दै उनिहरुको जिविकोपार्जन सुधारको लागि आधुनिक तथा जलबायु अनुकुलन कृषि बिकास , पोषणमा सुधार , आधुनिक कृषि खेतीका माध्यमबाट सशक्तिकरण गर्नु रहेको रावलले बताएका छन ।

छाँ–या नेपालद्वारा लमही नगरपालिका–२ स्थित रनियापुर महिला कृषि सहकारी संस्था लिमिटेडका सदस्य महिलाहरूका लागि संचालन गरिएको मंसिर २३ देखि २६ गतेसम्म चारदिने च्याउ उत्पादन तालिम ४४ जना महिलाहरु अहिले तालिम पाएपछी व्यवसाहिक रुपमा च्याउ खेती तर्फ आर्कर्षित भएको जुनमाया चौधरीले बताईन।
न्यून लागतमा सञ्चालन गर्न सकिने, जलवायु–अनुकूल र छिटो आम्दानी दिने च्याउ खेती प्रविधिको व्यावहारिक ज्ञान खेतीको सम्भावना, स्थानीय हावापानीअनुकूल प्रजाति छनोट, सरसफाइ, रोग तथा कीरा नियन्त्रण, पराल प्रयोग गरी बेड तयारी, स्पन राख्ने तरिका, सिँचाइ, आद्र्रता व्यवस्थापन र कटानीसम्बन्धी तालिम प्रदान गरेपछी यहाँका महिलाहरु यो खेती तर्फ आर्कर्षित भई आफै श्रोत ब्यक्तिकोरुपमा बिकसित भएका छाँ–या नेपालकी जुनियर प्राविधिक सहायक मालती चौधरीले जानकारी दिएकी हुन ।

झिल्को खबर । २२ पुष २०८२, मंगलवार ०८:३७