काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड १६९ सासदहरुको समर्थनमा तेस्रोपटक प्रधानमन्त्री भएका छन । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजबादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र ३ स्वतन्त्र सासद समेतको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका हुन् । उनलाई रास्ट्रपति बिधादेबी भण्डारीले सबिधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् । प्रचण्ड ६ बर्ष पछि पुनः प्रधानमन्त्री भएका हुन् ।
नेपालको इतिहासमा प्रचण्ड ४४ औं प्रधानमन्त्रीको रुपमा नियुक्त भएका हुन् । यसअघि २०७३ साउन १९ गते प्रधानमन्त्री बनेका थिए । काङ्ग्रेससहितको गठबन्धनमा रहे पनि रास्ट्रपति प्रधानमन्त्री दुबै पद काङ्ग्रेसले माओवादीलाई छोडन नचाहेपछि माओवादीले काङ्ग्रेससगको गठबन्धन छोडेर एमाले सँग सहकार्य गरे पछि एमाले सहितका अन्य दलहरुको समर्थनमा प्रचण्ड नयाँ प्रधानमन्त्री भएका छन् ।
को हुन् प्रचण्ड ?
२०११ साल मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस– २ लेवाडेमा पिता मुक्तिराम र माता भवानीका जेठो छोराको ?पमा प्रचण्ड जन्मिएका हुन् । प्रचण्डले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुर पोखरीबाट नै लिएका थिए । २०२६ चितवनको नारायणी विद्या मन्दिर मा. वि. शिवनगरबाट एस. एल. सी. उत्तीर्ण भएका उनले २०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आई.एस.सी. पूरा गरेका थिए ।
२०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट प्रचण्डले कृषिमा बि.एस्सी गरेर एम. पी. ए. सम्मको अध्ययन गरेका थिए । कक्षा १० माअध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गरेका प्रचण्डको वि.सं. २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहेका थिए । भुमीगतकालमा उनलाई कल्याण, विश्वास, निर्माण र प्रचण्ड नामले चिनेने गरेको थियो ।
हाल उनी आफू पुष्पकमल भन्दा प्रचण्ड भनिनुमा नै गौरव गर्छन् । प्रचण्डले नारायणी विद्या मन्दिर मावि शिवनगर–२०२९ साल, डण्डा मावि नवलपरासी र भीमोदय मावि , आरुघाट, गोरखा–२०३३–०३५ सालमा अध्यापन गरी २०३२ सालमा यु.एस.एड.मा काम गरेका थिए । २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनैतिक जीवन प्रारम्भ गरेका प्रचण्डले अहिले एमालेमा रहेका बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा माक्र्सवादी अध्ययन समूह समेत गठन गरेका थिए । २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गा.वि.स.मा बसाइ सराई गरेका प्रचण्डको वि.सं. २०२६ बैशाखमा सीता पौडेलसँग विवाह भएको थियो । प्रचण्डका तीन छोरी र एक छोरा सन्तानका रुपमा थिए । त्यसमध्ये जेठी छोरी ज्ञानु र छोरा प्रकाशको निधन भइ सकेको छ । माईली छोरी रेनु दाहाल चितवनको भरतपुर महानगरको अहिले दोस्रो कार्यकालका लागी नगरप्रमुखका रुपमा रहेकी छन् भने कान्छी गङा दाहाल प्रचण्डको सचिवालयमा स्वकीय सचीवको रुपमा कार्यरत रहेकी छन् । नेपालको राजनीतिक इतीहासमा प्रचण्डको सपरिवार नै जनयुद्वको आँधिबेरीमा होमीएको परिवार हो ।
प्रचण्ड २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालिन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भएका थिए । २०३८ मा क्षेत्रिय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महा–सचिव र २०४० मा संघको केन्द्रीय अध्यक्षमा समेत निर्वाचित भएका थिए । २०४१ मा नेकपा (मशाल)को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र)को महामन्त्री बनेका थिए । २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन पछि बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री बनेका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे । न्याय समानता र स्वतन्त्रताको लागी उनले जनयुद्धको नेतृत्व गरेका थिए । २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट प्रचण्ड नेकपा (माओवादी) को अध्यक्ष बने । २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहेका प्रचण्ड २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौमा भूमिगत जीवनबाट सार्वजनिक भएका थिए ।
खुला राजनीतिमा प्रचण्ड
२०५२ फागुन १ देखी पार्टीले गरेको शसस्त्र युद्धका कारण उनको टाउकाको मूल्य समेत तोकीएको थियो । माओवादी सहितको सातदलले २०६१–०६२ मा गरेका दोस्रो जनआन्दोलन पस्चात देशमा २०६४ सालमा पहिलो पटक संविधान सभाको चुनाव भयो । संविधानसभाको चुनाव पस्चात २०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित भएका थिए । २०६९ सालमा वृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष समेत बने ।
२०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित प्रचण्ड २०७० सालमा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वाचित भए । साथै उनले उच्चस्तरीय राजनीतिक समितिको संयोजकको भूमिका समेत निर्वाह गरेका थिए ।
अध्यक्ष प्रचण्डका नेपाली क्रान्तिका समस्या (भाग १, २ र ३), सांस्कृति, कला र सौन्र्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरु (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य रचनाहरु लगायतका पुस्तक प्रकाशित भएका छन् ।
चुनावमा नहार्ने प्रचण्ड
२०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौ–१० र रोल्पा–२ बाट निर्वाचित भएका प्रचण्ड २०७० मंसीरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सिराहा ५ बाट निर्वाचित भएका थिए । संविधान सभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा–५ बाट निर्वाचित ‘प्रचण्ड’ २०७३साल असार १९ गते व्यवस्थापिका–संसदमा ३६३ सदस्यको बहुमत प्राप्त गरी नेपाल सरकारको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । २०७४ मंसीर २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट प्रचण्डले ४८२७६ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । यसपटक भने उनि गोरखा २ को जनप्रतिनिधिका रुपमा निर्वाचित भएका छन । उनले गोरखा–२ बाट २६१०९ मतका सात राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीलाई ह राएका थिए ।
समचार दैनिकबाट साभार
झिल्को खबर । ११ पुष २०७९, सोमबार ११:२६