सुर्खेत । नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री प्रकाशशरण महतले सरकारमा सहभागि भएका दलहरुले पार्टी भन्दा माथि उठेर काम गर्नु पर्ने बताए ।
नेपाल प्रेस युनियन सुर्खेतले मंगलवार वीरेन्द्रनगर सुर्खेतमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् ।
‘ठुला पार्टीहरु मिलेर सरकार बनेको छ जनताका अपेक्षा पनि धेरै छन्,’ ‘उनले भने,‘ सरकारमा सहभागि दलहरुले आफ्नो पार्टीभन्दा माथि उठेर जनता प्रति प्रतिबद्व भएर काम गर्नु पर्छ ।’
नेपाली काँग्रेसको १०० दिने अभियानको लागि कर्णाली प्रदेश आइपुगेका महतले कर्णालीका जिल्ला भ्रमण गर्दा नेपाली काँग्रेस प्रति जनता उत्साहित भएको बताए । उनले उप निर्वाचनमा आफुहरु सफल हुँने भन्दै त्यसको लागि कुनै संका गर्ने ठाउँ नभएको स्पष्ट पारे ।
महतले फरक प्रसंगमा सहकारी काण्डबारे कानुनले जुन निस्कर्ष निकाल्छ त्यसलाई सबैले स्वीकार गर्नु पर्ने भन्दै कानुनले गर्ने काममा राजनिति प्रतिसोध भयो भन्नु गलत भएको बताए । अदालतमा केस गइसकेको हुँनाले यसलाई प्रभावित पार्ने काम गर्न नहुने उनको भनाई छ ।
झिल्को खबर । ४ मंसिर २०८१, मंगलवार १७:०७