सुर्खेत । प्रदेश अस्पताल सुर्खेतको निर्देशकमा ११ औँ तहका डा.केशर ढकाल नियुक्त भएका छन् । शनिवार बसेको कर्णाली प्रदेश सरकारकाे मन्त्रिपरिषद् बैठकले ढकाललाई नियुक्त गरेको हो ।
डा.ढकाल अस्पतालमै कन्सलटेन्ट अब्स्ट्रेटिसियन–गाइनोकोलोजी प्रमुख रुपमा कार्यरत थिए ।
निर्देशकका लागि सामाजिक विकास मन्त्रालयले अस्पतालमै कार्यरत मेडिकल सुपरिटेन्डेन्ट प्रमुख गणेश थापा र ढकालको गरी दुई जनाको नाम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेको थियो ।
वीरेन्द्रनगर निवासी ढकाल नेपाल चिकित्सक सङ्घ कर्णाली प्रदेश संयोजक हुन् ।
यसअघि निर्देशकका रूपमा रहेका डाक्टर डम्बर खड्काको अवकाश भएसँगै निर्देशक पद रिक्त थियो ।
झिल्को खबर । १ मंसिर २०८१, शनिबार २१:१७