स्वर्णिम शाहीको ‘खेलाउड्या भिनाजु’ देउडा गीत सार्वजनिक (भिडियो सहित )

सुर्खेत । जनवादी गायक तथा सर्जक स्वर्णिम शाहीले ‘खेलाउड्या भिनाजु’ देउडा गीत बजारमा ल्याएका छन् ।

भरखरै सार्वजनिक भएको उक्त देउडा गीतको शब्द रचना तथा संगीत गायक शाहीले आफै गरेका छन् ‘खेलाउड्या भिनाजु’ बोलको देउडा गीतलाई शाहीले धर्मराज न्यौपाने युटुव च्यानल मार्फत सार्बजनिक गरेका हुन् । उक्त गीतमा स्वर्णिमलाई माण्डबी त्रिपाठीले स्वरमा साथ दिएकी छन्।

‘खेलाउड्या भिनाजु’ देउडा गीतमा कर्णाली र सुदूरपश्चिमका जिल्लाका विशेषता तथा त्यहाँका धार्मिक एवम् पर्यटकीय क्षेत्रको वर्णन गरिएको छ । पश्चिम नेपालको कला, संस्कृति र पर्यटनको एकसाथ पहिचान दिने उद्देश्यले ‘खेलाउड्या भिनाजु’ देउडा बजारमा गीत बजारमा ल्याएको शाहीको भनाइ छ।

कुशल म्युजिक प्रा.लि.ले बजारमा ल्याएको यो देउडा गीतको म्युजिक भिडियोमा शाहीसँगै मोडल रोजी कुँवरले साथ दिएकी छन् ।

गायक तथा सर्जक स्वर्णिम शाही कालिकोटको पचाल झरना गाउँपालिका ९ का स्थायी बासिन्दा हुन् । उनी २०५७ सालमा १४ वर्षको कलिलो उमेरमै माओवादी जनयुद्धमा होमिएका पश्चिम नेपालका एक चर्चित जनवादी कलाकार समेत हुन् ।

‘खेलाउड्या भिनाजु’ हेर्नुहोस् भिडियोमा