पहिलो सरकारी जागिरको अनुभव

कालिकोट जिल्लाको राम्नाकोट-५ (हाल पचालझरना-४) मा जन्मे ।बालापन जारकोट,डाँडा देखि राम्नाकोटसम्मको ठाडोउकालो, भिर, पाखा, पखेरा, उबडखाबड र वन बुट्यान यिनै प्रकृतिसँग खेल्दै, संघर्ष गर्दै बित्यो । अभाव, दु:खसुख र गरिवीमै विद्यार्थी जीवन पार गरे । त्यतिवेलाको अभाव र पारिवारिक समस्याको कारणले पढेर सरकारी जागिर खानुपर्ने बाध्यता थियो अन्य कुनै विकल्पहरु थिएनन् । २०५५ सालमा एस.एल.सी. उत्तिर्ण गरेपछि क्याम्पस पढ्ने रहर एकातिर थियो भने कक्षा दशको स्वास्थ्य शिक्षामा एस.एल.सी. उत्तिर्ण पश्चात फार्मेसी, स्वास्थ्य सहायक (एच.ए.) पढ्न पाईने कुरा पढेको पनि थिए अनि कान्छी बहिनी २ बर्षको उमेरमा अकालमै कुपोषणको शिकार हुँदा, गाउँमा२०५०/०५१ तिर झाडापखालाको महामारी फैंलिदा, बाबा बिरामी हुँदा रठुल्दाईको (ठूलो बाबाको छोरा) पेट सम्बन्धी विरामीको कारण गाउँबाट बोकेर नेपालगञ्ज उपचारको लागि लिदै गर्दा सुर्खेतको तातोपानीमा ज्यान गएको लगायतका हृदय विदारक घटनाले गर्दा स्वास्थ्य सेवामा लाग्ने रहर र हुटहुटी थियो । त्यतिबेला के पढ्दा ठीक हुन्छ ? कहाँ के पढाई हुन्छ? भनेर सिकाउनेर मार्गदर्शन गर्ने कोही नभएकोले र प्राविधिक शिक्षा अध्ययन गर्न महंगो भई खर्चको जोहो गर्न धेरै मुश्किल भएकोले अरुको देखासिकी र लहडमा शिक्षक हुने रहरलेसुर्खेतमा सरकारी क्याम्पस पढ्ने भनेरम र खड्गराज सेजुवाल (भतिज, पचालझरना गा.पा.निवर्तमान अध्यक्ष)साउने झरीमा रुझ्दै तीन दिनको पैदल यात्रा गरेर मान्म, सुकाटिया, हाउडी, बेउली, बझांगेनेटा, डाँडीमाडी, चुप्रा, डुंगेश्वर,गुराँसे, रानीमत्ता, शिध्दपाईला, लादे हुदै उत्तिरिबीना ४ सुर्खेत वीरेन्द्रनगर पुग्यौं ।

सुर्खेत शिक्षा क्याम्पसमा आई. एड. अध्ययन गर्दा गर्दै कर्णाली प्राविधिक शिक्षालय,जुम्लामा छात्रवृत्ति कोटामा नाम निक्लेपछि क्याम्पसको पढाई थाति राखेर सिएमए पढ्नको लागि जुम्ला गए । १८ महिने कोर्ष पढेपछि २०५८ चैत्रमा अ.हे.व. को लोक सेवा खुल्यो काउन्सिल र प्रोभिजनल सर्टिफिकेट निकाल्न ढिला हुँदा मिलाउदा ्यो थियोियो । त्यतिबेला दोब्बर दस्तुर तिरेर २०५९ बैशाख ५ गते फाराम भरेर सुर्खेत केन्द्रमा २०५९ आषाढ ८ गते लिखित परिक्षा दिएपछि पौषमा लिखित नतिजा प्रकाशित भई माघ १८ गते अन्तरवार्ता भयो फाल्गुणमा नतिजा प्रकाशन भईलोक सेवा आयोग, मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय,सुर्खेतबाटजिल्ला स्वास्थ्य कार्यालय, जाजरकोट अन्तर्गत सिफारिश भए । त्यति बेलाले सिफारिश गरेर मध्यपश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेता स्वाबाट स्थायी नियुक्ति र पदस्थापन गरेर हामीहरुलाई पठाएको थियो ।मेरो पदस्थापन सिमा स्वास्थ्य चौकी, जाजरकोटमा भयो ।सरकारी जागिरको अनुभव लिन र स्थायी भएको खुशीको कुनै सिमा थिएन, विश्व विजेता बने जस्तो अनुभूति भई रहेको थियो । पदस्थापन भएको स्वास्थ्य संस्था सिमा स्वास्थ्य चौकी, जाजरकोट जानु पर्ने भयो ।

२०५९/११/२२ मा नियुक्ति पत्र बुझेरफाल्गुण २४ गते सुर्खेतको रानीमत्ता, भिउचुला, धरमपोखरा, मटेला, चिउदुवा, ताँगा भएर सिमा पुग्नको लागि रानीमत्ता सम्म बसमा आए, त्यहाँबाट पैदल यात्रा शुरु भयो त्यति खेर भिउचुला सम्म सडक खनिएको थियो, झोलाझिम्टी भिरेर एक्लै बाटो सोध्दै हिंड्दा अनेक प्रश्नहरुको उत्तर दिनुपर्ने हुन्थ्यो, त्यतिबेला मुलुकमा द्धन्द्धको चरम अवस्थामा थियो फेरि कालिकोट भन्दा अलि भिन्न र फरक प्रकारको अनुभूति हुन्थ्यो ।जातियता र क्षेत्रियताको आधारमा भेदभाव र विभेद यथावत थियो । बाटोमा बटुवा र पसलेसँग कुनै दोबाटो आउने बितिक्कै सोध्थे अनि हिड्थे, यसरी साँझ बास बस्न मटेला,सुर्खेत पुगे । ठाँटी बजारमा अहिले जस्तोचहलपहल र बजार थिएन२-४ बटा जति पसल थिए र मटेला स्वास्थ्य चौकी थियो । बजारमा बास नपाए पछि अलि माथि गाउँमा बस्नु पर्यो अनि माओवादी कार्यकर्ता ठानेर धेरै भलाकुसारी पछि बल्ल बास बस्न पाईयो । दिनभरीको थकानको कारणले जस्तो ठाउँ भएपनि हुन्थ्यो होला भन्ने भएको थियो । रात विताएर बिहान चिउदुवा खाना खान पुगिन्छ भनेपछि त्यताबाटबिहानै झिसमिसेमा हिंडे तर बाटोमा भएको एउटा चिया पसल पनि बन्द रहेछ, जति माथि उकालो पुग्यो त्यति नै सुनसान थियो, कुनै घरहरु थिएनन् भोकप्यास र थकाई लागि रहेको थियोअझ माथि पुगेपछि पानी पाउन पनि छोड्यो जंगल भित्रको बाटोमा एक्लै यात्रा शुरु भयो डर मानेर एक्लै हिडिरहे कहिले बाटो विर्से कि जस्तो लाग्थ्यो धेरै पटक कुलदेवता पुकार्दै आमा, बाबा र आफन्त सबैलाई सम्झे तर जागिरे भएको उमंग र उत्साहले सबथोक प्राप्त गरे झै निरन्तर हिड्ने ऊर्जा दिइरहेको थियो । एक प्रकारको जोशले सबै कुरालाई विर्साएको थियो । सपना थियो त्यसले माथि-माथि हिड्न उर्जा दिईरहेको थियो । पानी विना त्यो सुनसान जंगलमा भोकप्यास र थकाईसँग जागिरे हुने युध्द लडिरहेको थिए । २बजे चिउदुवा पुग्नै लागेको रहेछु । सुवानाउलीबाट सुर्खेत जाने बा सँग रोटी मागेर खाएपछि बल्ल त्यो उकालो चढ्न सके । त्यो भुंग्रे रोटो र आलुको अचार स्टार होटलको खाना भन्दा कैयौं गुणा स्वादिष्ट थियो र सबथोक थियो अहिले पनि याद आईरहन्छ । रोटी खाएर चिउदुवा (मटेला,थालारैकर र सिमाको संगम) लेकमा पुगे । त्यतिबेला एउटा घर निर्माण हुदै थियो र खुला चिया पसल थियो त्यहाँ पानी, एक कप चिया र टाटा विस्कुट खाए एकछिन आराम गरेरलालीगुराँस फुलेको जंगलको तेस्रो बाटो हिडेर देउली पुगे त्यहाँ २ बटा चिया र चाउमिन पसल थिए त्यहाँ चाउमिन खाएर ‌ओरालो हिंडेर चम्बलादेवी प्रा. वि. तांगा (सिमा-३)पुगे । हेमराज शर्मा र रेशम कुमार रेग्मी सरसँग परिचय भयो वहाँहरु सिमाको हुनु हुदो रहेछ । राक्माको खिम बहादुर थापा दाई पनि थिए वहाँले मेरो ब्याग बोकि दिनुभयो र वहाँको पछिपछि म राक्मा पुगे ।

राक्मा पुगेपछि ग्रा.स्वा.का. अरुण कुमार मल्ल सँग भेट भयो । वहाँ मल्लजी को नाममा चिनिनु हुदो रहेछ । गाउँमाअ.हे.व., अ.न.मी., ग्रा.स्वा.का. सबैलाई डाक्टर भन्दा रहेछन् भोलिपल्ट हेल्थ पोष्टमा गयौ । वहाँले हाजिर गर्नु र हाजिर भएको जानकारी तयार गर्नु भनेर सिकाउनु भयो मैले पनि सिक्ने कोशिश गरे । म चाहिं निमित्त हे.पो. ईन्चार्ज र गाउँलेहरुको लागि डाक्टरसाव भएकोमा गर्वले छाती फुलाई रहेको थिए । पहिलो प्रयासमा सरकारी जागिरे भएकोमा खुशीले अभावका क्षितिजहरुलाई खिसीटिउरी गरि जिस्काई रहेका थिए। सिमा हेल्थ पोष्ट सदरमुकाम खलंगा देखि १७कोषको दुरीमा थियो। पैदल यात्रा गरेर खलंगा र सुर्खेत पुग्न लगभग बराबर थियो। खलंगा पुग्नलाई सिमा खोला २०-२२ पटक तर्नु पर्थ्यो अनि मोर्क बजार पुगेपछि पुल तरेर कार्कीगाउँ, मछैना, भेरे भएर खलंगा या छेडा खोला तरेर अहिले खलंगा पुग्ने सडक भेरी नदीको तिरैतिरलिर्ता, आली, भूरचौंर, फेरा, कुदु, मटेला हुदै खलंगा पुगिन्थ्यो ।३ बर्षको अन्तराल पछि२०६० सालको दशैंमा अनेक बाधा र व्यवधानका बाबजुद पनि जन्मथलो राम्नाकोट पुगे । अनि तिहार पछि कार्यक्षेत्रमा आएर सिटरोल दर्ता, विमा र सञ्चयकोषको कार्ड दर्ता गर्न काठमाण्डौं गए अन्य सबै ठाउँमा सहज रुपमा दर्ता भयो तर निजामती किताबखानामा १० दिन सम्म धाउँदा पनि सिटरोल दर्ता भएन के-के चाहियो भनेरदर्ता शाखाका सरले कहिले मन्त्रालय, कहिले विभाग कुदाए ।एघारौं दिन रु.३००।- चियापान खर्च दिएपछि सजिलै सिटरोल दर्ता भयो ।

ओजेटीमा सुर्खेत अस्पतालमा डा.डम्बर खड्का, डा. न्हुच्छेमान डंगोल, डा.रामशंकर ठाकुरर डा. केशर ढकाल र अन्य स्वास्थ्यकर्मीहरुसँग सिकेका कुराहरु र डाक्टर डम्बर खड्काको क्लिनिकमा सिकेका सीपहरु अहेव हुँदा कार्यक्षेत्रमा प्रयोग गरे ।बिरामीहरुलाई उपचार गर्न कहिलेकाही घरघर सम्म पुग्नु पर्थ्यो । छरिएर रहेको बस्ती र भौंगोलिक बनावटको कारणले सेवा दिन र लिन असहज थियो । स्वास्थ्य संस्थामा आबश्यक उपकरणहरु, औजारहरु, औषधिहरु र स्वास्थ्यकर्मीको जहिले पनि अभाव हुन्थ्यो ।सिमाका सबै वडामा टि.टि., दादुरा खोप, पोलियो खोप अभियान लगायतका राष्ट्रिय कार्यक्रमहरु सबै बस्ति सम्म पुगेर सञ्चालन गर्यौ । त्यो अभियानमा सहयोगर सानातिना अवरोधदुवैभए।अनि स्वास्थ्यकर्मीलाई जीउज्यान तलमाथि गर्ने धम्की पनि आउने गर्थे । हामीहरुले सबै मिलेर सकेसम्म आफ्नो ड्यूटी पुरा गर्ने कोशिश गर्यौ, समूह भावनाले कामा गर्ने कोशिश गर्यौगर्यौ।हेल्थ पोष्टमा  विरामी नाम दर्ता शुल्क लगायौंयसले औषधीको दुरुपयोग रोक्ने काम गर्यो । यही विषयमा धेरै जनासँग विवाद पनि भयो । गाउँघर क्लिनिक, खोप क्लिनिक नियमित रुपमा सञ्चालन गर्यौ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा पुरुष परिवार नियोजन शिविर पनि सञ्चालन गर्यौं ।बर्थिङ सेन्टर पनि स्थापना भई त्यसलाई पनि व्यवस्थित रुपमा सञ्चालन गरेका थियौं । जिल्ला स्तरिय वार्षिक समिक्षामा उत्कृष्ट पनि भयौं ।

मुलुकमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन थियो, निषेधको राजनीति शुरु भएको थियो । सरकारले संकटकाल घोषणा गरेको थियो ।अन्य राजनीतिक दलका गतिबिधिहरु गाऊमा शुन्य थिए । गाउँबाट अरु दलका कार्यकर्ता विस्थापित भएका थिए । आकाशमा हेलिकोप्टर प्राय: उडिरहन्थे अनि  रेडियो नेपालको समाचारमा दोहोरो भिडन्तमा परि मरेको र घाईते भएको खबर आइरहन्थ्ये ।रेडियो नेपालको समाचार र जनसरकारको एफ.एम. को समाचारमा शहादत प्राप्त गर्ने र घाईते हुनेको संख्या फरक हुन्थ्यो, आधिकारिक कसलाई मान्ने भन्ने भ्रम हुन्थ्यो । विकास निर्माणका कार्यहरुप्राय: ठप्प नै थिए, गाउँ विकास समितिको कामहरु सदरमुकाममा हुन्थे । कुनै पनि योजनाका कामहरु हुदैनथें केवल कागजी योजनाहरुथिए । गाउँमा भएका प्रहरी चौंकी, गाविस भवन भत्काइएका र ध्वस्त गरिएका थिए । झोलुङ्गे पुलहरुमा सहज यात्रा गर्न अवरोध थियो । सञ्चारको कुनैपनि सुविधा थिएन । जनअदालत गठन गरिएका थिए । न्यायनिसाफ त्यहिबाट हुन्थ्यो । एकातिर जनमुक्ति सेना र अर्को तर्फ शाही नेपाली सेना थिए । युनिफाईड फोर्सको नेतृत्व तत्कालीन शाही नेपाली सेनाले गरेको थियो । देश नै आन्तरिक द्धन्द्धको दलदलमा फसेको थियो । युध्द चर्काएर हतियारको व्यापार गर्नेको हालिमुहाली थिए । जतापनि त्रासको वातावरण थियो ।

कर्मचारीहरुले ंकटकाल घोषणा गरेकगरिययो००। विभाग पुगे प५जनयुध्दको बेलामासहयोग स्वरुप माओवादी पार्टीलाई नियमित रुपमा तलबको पाँच प्रतिशत लेबी र लजेस्टिक स्वरुप झोला, जुत्ता, जाकेट लगायत सामानहरु दिनु पर्थ्यो । जिल्ला सदरमुकाम जानको लागि यात्रा अनुमति लिनुपर्थ्यो । पार्टीको कार्यक्रम र भेलामा अनिवार्य आउनु पर्ने उर्दी हुन्थ्यो । पार्टीको कार्यक्रममा मनाघाट कार्कीगाउँ सम्म पनि पुगे । प्रत्येक एरियामा एरिया ईन्चार्जहरु हुन्थ्ये । त्यति वेला गाउँमा जनसरकार गठन गरिएको थियो । राज्यको तर्फबाट गाउँमा स्वास्थ्यकर्मी र शिक्षक मात्रै थियौं । अनि सदरमुकाम प्रवेश गर्दा सुरक्षाकर्मीबाट पनि चेकजाँच हुन्थ्यो, आफु लमाथि हुनेसँग भएको कर्मचारीको परिचय-पत्र देखाएपछि पनि केरकार हुन्थ्यो अनि कालिकोट भनेपछि झन विशेष सोधपुछ र निगरानी हुन्थ्यो । अनि कुन होटलमा बस्ने, कति दिन बस्ने, सबै खुलाउनु पर्थ्यो । सदरमुकाममा गस्तिमा आउने सुरक्षाकर्मीको हम्कीधम्की धेरै खानु पर्थ्यो । २०६२/६३ को जनआन्दोलन-२ सफल भई २०६३ बैशाख ११ गते लोकतन्त्र स्थापना भएर विस्तृत शान्ति सम्झौंता भए पश्चात जनजीवन सामान्य बनि गाउँमा काम गर्न सहज भयो ।

जाजरकोटबाट त्यसवेलाका सुगम ठाँउहरु सुर्खेत, बाँके जिल्लामा सरुवाको लागि धेरै प्रयास गरे, मेरो पहुँच पावर नभएकोले सहजै सरुवा भएन लोक सेवामा नाम निकाल्नु भन्दा सरुवा हुनु फलामको च्यूरा चपाउनु सरह रहेछ । चाकडी, चाप्लुसी र खुरापाती गर्न सिक्नु पर्नेसंस्कार हावी थियो अहिले पनियथावत छ ।स्वास्थ्य सेवामा स्तरबृध्दि हुने तर त्यही पदको काम गर्नु पर्ने, स्वास्थ्य क्षेत्रकै माथिल्लो तहको अध्ययन नगरेकोले र  ईमान्नगरेकोले को काम गर्नु पर्ने ्यहदार भएर राम्रै काम गर्दा पनि व्यक्तिगत समस्या परेको समयमा पायक पर्ने ठाँउमा काजमा पनि बस्न नपाएपछि एक किसिमको वितृष्णा र हिनताबोधले गर्दा शैक्षिक योग्यता अनुसार अधिकृतको तयारी गर्ने दृढ ईच्छाशक्तिजागेर आयो अनि शाखा अधिकृतको तयारी गर्न तिर लागे । साथीहरुको सहयोग, अग्रजहरुको मार्गदर्शन, व्यक्तिगत मेहनत, निरन्तरको प्रयास,अठोट र लगावको कारणले विभिन्न समस्या र आरोहअवरोहका बाबजुत २०७०/०५/१९ मा नेपाल प्रशासन सेवाको शाखा अधिकृतमा स्थायी नियुक्ति लिन सफल भए । यसरी १० बर्ष ५ महिना २२ दिन(३८२२ दिन) स्वास्थ्य सेवामा स्वास्थ्य चौंकी, सीमा, जाजरकोटमाअनवरत रुपमा कार्यरत रहेर उतारचढाउमा बिताए । शाखा अधिकृतमा नाम निक्ले पछि उपदानमा निक्ले ।

लेखक छार्का ताङसोङ गाउँपालिका, कागकोट, डोल्पाका प्रमुख प्रशासकीय अधिकृत हुन्