कर्णालीमा तेस्रो युवा सम्मेलन हुँदै

सुर्खेत । वीरेन्द्रनगरमा तेस्रो युवा सम्मेलन हुने भएको छ । नेपाल युवा परिषद र समाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा हुने सम्मेलन विहिबारदेखि सुरु हुने भएको छ । चार दिनसम्म सञ्चालन हुने सम्मेलनमा कर्णालीका २ सय पाँच जना युवाहरुको उपस्थिति हुने आयोजको भनाई छ ।

‘उद्यमी युवा समृद्ध देश, दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने मूल नाराका’ साथ हुन लागेको सम्मेलनमा साँस्कृतिक साँझ, कर्णालीका युवाद्धारा तयार पारिने कर्णाली प्रदेशको प्रादेशिक कार्ययोजना र विभिन्न विज्ञहरुद्वारा विषयगत क्षेत्रमा कार्यपत्र प्रस्तुत, प्यानल छलफल हुने नेपाल युवा परिषदका राष्ट्रिय अध्यक्ष सरोज बानियाले बताए । उनका अनुसार सम्मेलनका सहभागी भएका २ सय ५ जना युवाहरुले आफ्नो कला –सँस्कृति झल्कने पोषाक, स्थानीय स्तरमा पाईने रैथाने तथा जात जातिय खानाका परिकार र रैथाने बिउबिजन सहित सहभागिता हुने छन ।

नेपालमा कुल जनसंख्याको ४२।५६ प्रतिशत हिस्सा ओगटेको युवा जमातलाई विभिन्न तह र तप्कामा नेतृत्वदायी भूमिकामा ल्याउने उद्देश्यले कार्यक्रको आयोजना गरेको उनको भनाई छ । ७ प्रदेश र ७७ जिल्लामा स्थापित भएको सस्थाले सम्मेलनमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, पञ्चपुरी नगरपालिकाका प्रमुख, बराहताल गाउँपालिकाका अध्यक्ष सहभागीता रहने कर्णाली प्रदेशका सयोजक रमेश कठायतले बताए । यस्तै रााष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र ९जीन बैंक० का प्रमुख डा। बालकृष्ण जोशी, रैथाने संरक्षण अभियान्ता तिलक ढकाल र नेपाल पर्यटन वोर्ड पूर्व कार्यकारी सदस्य कृष्ण कुमार अर्याल, होमस्टे महासंघका महासचिव कृष्ण चौधरी लगायतका व्यक्तित्वहरुको उपस्थिति रहने उनको भनाई छ ।