अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताःएथलेटिक्समा कर्णालीलाई तीन स्वर्ण

सुर्खेत । चितवनमा जारी अन्तर प्रदेश स्तरीय प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले एथलेटिक्स विधामा ३ स्वर्ण जितेको छ ।

चितवन भरतपुर महानगरपालिका रामपुरमा जारी एथलेटिक्स बिधामा खेलको पहिलो दिन कर्णाली प्रदेशले ३ स्वर्ण ३ रजत र २ कास्य पदक जितेको हो ।

सोमवार भएको खेलमा ८ सय मिटर दौडमा सरिता खड्काले १ स्वर्ण पदक र त्रिपल जम्पमा १ रजत पदक जितिन भने सटफुटतर्फ संगिता अधिकारीले १ स्वर्ण पदक जितिन् । त्यस्तै ४ सय मिटर दौडमा भावना फर्सालले १ स्वर्ण पदक जितिन् ।

हिमाली शाहीले ८ सय मिटर दौडमा १ रजत,अजय बि.क.ले दश हजार मिटर दौडमा १ रजत पदक जिते भने सबिता बुढाले ५ किलोमिटर दौडमा १ कास्य पदक र विकास बि.क.ले १५ सय मिटर दौडमा १ कास्य पदक जिते ।

यता व्याडमिन्टन विधामा भने महिलातर्फ टिम इभेन्टमा दिपिका रोकाय र निशा सिंहले कास्य पदक जित्न सफल भइन् ।