सुर्खेत । कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण कालीकोटको शुभकालिका– १ को गगनेखोलामा आएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक अर्जुन केसीका अनुसार निरन्तर परेको वर्षाका कारण सडक खुलाउन समस्या भएको जानकारी दिएका छन् ।
उनले भने, ‘मेसिन तयारी अवस्थामा राखेका छौं । पानी पर्न बन्द भयो भने सडक खुलाउने कार्य गर्ने छौं । पुरानो सडक बगाएका कारण नयाँ ट्रयाक खोल्नु पर्ने अवस्था रहेको छ ।’
सडक अबरुद्ध भएसँगै सयौँ यात्रुहरू अलपत्र परेका छन् ।
झिल्को खबर । २७ भाद्र २०८१, बिहीबार १३:२५