दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजक पक्ष सुत्योःजिसी

सुर्खेत । आगामी मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुँने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिकिदै गर्दा संघीय सरकारले पूर्व तयारीका बारेमा कुनै चासो नदेखाउँदा विभिन्न कोणबाट आलोचना हुँन थालेको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदले गएको शनिवार २६ गते दशौं राष्ट्रिय खेलकुद प्रतियागिताको १०० दिन काउनडाउन शुरु गरे पनि आयोजक संघीय सरकारले भने यस विषयमा कुनै चासो देखाएको छैन । यता संघीय सरकारले कुनै चासो नदेखाउदा कर्णाली प्रदेश सभामा पनि यस विषयले प्रवेश गरेको छ ।

सोमवार कर्णाली प्रदेश सभाको चौथो अधिवेशनको सत्ताइसौं बैठकमा विशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र)का नेता एवं कर्णाली प्रदेश सभा सदस्य कृष्ण जि.सी.ले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको कर्णाली प्रदेशले १०० दिन काउनडाउन शुरु गरिसक्दा पनि आयोजक पक्ष सुतिरहेको आरोप लगाएका छन्

‘प्रतियोगिता आयोजनाको लागि कर्णली प्रदेशलाई संघीय सरकारले साथ दिनु पर्ने भन्दै नेता जि.सी.ले भने, ‘प्रतियोगितालाई उत्सवको रुपमा मनाउन सबैले राम्रो कामको लागि साथ दिनु पर्छ । सरकारले राम्रो गरे हाम्रो पनि साथ रहनेछ ।

जि.सी.ले कर्णाली प्रदेश सरकारले संघीय सरकारलाई यसको लागि सहयोग गर्नु पर्ने भन्दै प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराएको थिए ।