सुर्खेत । कर्णाली प्रदेश स्तरीय उसु छनौट प्रतियोगिता आइतवार देखि प्रदेश राजधानी वीरेन्द
नगर सुर्खेतमा सुरु भएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषदको समन्वय र जिल्ला खेलकुद विकास समिति सुर्खेतको आयोजनामा आइतवार सुरु भएको उक्त छनौट प्रतियोगिताको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जि.सी.ले उद्घाटन गरेका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री जिसीले खेलाडीहरुलाई उच्च मनोवलका साथ प्रदेश स्तरीय छनौट प्रतियोगितामा भाग लिन खेलाडीहरुलाई निर्देशन दिए । उनले कर्णाली पछिल्लो समय खेलकुदमय हुदै गएको भन्दै छनौट प्रतियोगितामा सहभागि भएका खेलाडीहरुलाई खेलमा आफ्नो इमानदारीता देखाई कर्णालीलाई मेडल दिलाउने गरी सबैले तयारी गर्नु पर्ने बताए ।
कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव बिश्वामित्र संज्यालले पछिल्लो समय कर्णालीमा विभिन्न खेलकुदको छनौट प्रतियोगिता चलिरहेको बताउदै यहाँबाट छनौट भएका खेलाडीहरुले अब हुने राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता र अन्तर प्रदेश प्रतियोगितामा कर्णालीले मेडल ल्याउने गरी खेलाडीहरुले आफ्नो आत्मबल उसो बनाइ खेल्नु पर्ने बताए ।
उसुको छनौट प्रतियोगिता ७ गतेसम्म संचालन हुने छ ।
झिल्को खबर । ६ फाल्गुन २०८०, आईतवार ११:४८