स्थगित प्रदेशसभा सुचारु गरेर समयको सदुपयोग गरौ – नेता भण्डारी

सुर्खेत । कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेता नरेश भण्डारीले सकिन लागेको प्रदेश सभाको समयलाई सुचारु गरेर समयको सदुपयोग गर्न आग्रह गरेका छन् ।

कर्णाली प्रदेशसभामा कर्णालीको पिलर मानिने १० वटा विधेयकहरु अलपत्र रहेको भन्दै नेता भण्डारीले एक महिना देखि स्थगित कर्णाली प्रदेशसभालाई सुचारु गरेर जति समय बाँकी रहेको छ त्यसको भरपुर सदुपयोग गर्नु पर्ने बताएका छन् ।

विहिवार सामाजिक संजाल आफ्नो फेसबुक पेजबाट एउटा स्टाटस पोष्ट गर्दै नेता भण्डारीले लेखेका छन् ‘प्रदेश सभामा रहेका विधेयकहरु पारित गरौं । नियमानुसार संसदका सबै विधेयकहरु सदनको अन्त्य सँगैं अन्त्य हुन्छन् । पुर्वाग्रही र उदाशिन नवनौं । इतिहासले हरेकको नामको खाता दुरुस्त राख्दै आएको छ र राख्छ,।’

नेता भण्डारीले पाष्ट गरेको स्टाटस यस्तो छ ।