सुर्खेत । नेपाल मेडिकल एसोसिएसन सुर्खेतले नवनियुक्त डाक्टरहरुलाई बधाई तथा शुभकामना दिएको छ ।
कर्णाली प्रदेश लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भई नियुक्त पत्र बुझेका नवनियुक्त मेडिकल अफिसर र डेन्टल सर्जन ४७ जनाको मंगलबार स्वागत तथा बधाई कार्यक्रम सम्पन्न भएको नेपाल मेडिकल एसोसिएसन सुर्खेतका कार्यबाहक अध्यक्ष डा.सुजन सापकोटाले जानकारी दिए ।
उक्त कार्यक्रममा कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रबिन खड्का र प्रदेश आपूर्ति तथा व्यवस्थापन केन्द्रका निर्देशक डाक्टर शक्त सुबेदीको सहभागिता रहेको थियो ।
झिल्को खबर । ५ भाद्र २०८१, बुधबार १४:०३