नेकपा एमाले कर्णाली प्रदेश कमिटीले प्रदेश अध्यक्ष विनोदकुमार शाहको संयोजकत्वमा ३ सय १४ सदस्यीय प्रदेश निर्वाचन परिचालन कमिटी गठन गरेको छ।
एमाले कर्णाली प्रदेश कमिटिको भदौ २१ र २२ गते वीरेन्द्रनगरमा बसेको बैठकले प्रदेश अध्यक्ष शाहको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको हो।
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई प्रभावकारी रूपमा परिचालन गर्न उक्त कमिटी गठन गरिएको अध्यक्ष शाहले जानकारी दिए। यस्तै शाहकै संयोजकत्वमा २६ सदस्यीय सचिवालय गठन पनि गरेको छ।
झिल्को खबर । २३ भाद्र २०७९, बिहीबार १२:००