सुर्खेत — नेकपा (माओवादी केन्द्र) कर्णालीको संसदीय दलको नेतामा राजकुमार शर्मा सर्वसम्मत चयन भएका छन् । मंगलबार बसेको प्रदेश कमिटी बैठकले शर्मालाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो ।
दलको नेताका लागि चार जनाले दाबी गरेका थिए । दाबी गर्नेमा कालिकोटका दुर्गबहादुर रावत, सुर्खेतका विन्दमान विष्ट र कृष्ण जीसी रहेका थिए । शर्मा रुकुम पश्चिम (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
झिल्को खबर । १३ पुष २०७९, बुधबार १६:०९