चौथो टी(२० मा घरेलु टिम केन्याले नेपाललाई १०२ रनको लक्ष्य दिएको छ।
नैरोबीस्थित जिमखाना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्या २० ओभरमा १०१ रनमा अलआउट भयो।
केन्याका लागि ओपनर कोलिन ओबुयाले २० रन जोडे भने लुकास ओलुओचले ३३ रनको योगदान गरे। शेन एनगोचेले १३ रन जोडे।
बाँकी ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे। टी(२० अन्तर्राष्ट्रियमा करिअरकै उत्कृष्ट बलिङ गर्ने क्रममा सन्दीपले पाँच विकेट लिँदा ९ रन खर्चिए।
आदिल अन्सारीले २ विकेट लिँदा शाहब आलम र दीपेन्द्रसिंह ऐरीले १(१ विकेट लिए।
सिरिजमा नेपालले २(१ को अग्रता लिएको अवस्था छ। आइतबार भएको तेस्रो टी(२० मा नेपाल ४ विकेटले विजयी भएको थियो। आजको खेल जिते नेपालले अन्तिम खेलअघि नै सिरिज जित्नेछ।
यसअघि भएको पहिलो खेलमा नेपालले ५ विकेटको जित निकालेको थियो। दोस्रो खेलमा भने केन्या विजयी भएको थियो।
६ दिनको अन्तरमा पाँच टी(२० खेल्न लागेको नेपालले पाँचौ खेल भोलि खेल्नेछ।
यस्तै तीन एकदिवसीय खेलमा नेपालले पहिलो खेल भदौ १७ गते खेल्नेछ भने दोस्रो खेल भदौ १८ गते तथा तेस्रो तथा सिरिजको अन्तिम खेल भदौ २० गते खेल्नेछ।
झिल्को खबर । १३ भाद्र २०७९, सोमबार १७:३९