सुर्खेत रत्नराजमार्गमा सवारी दुर्घटना

सुर्खेत । कोहलपुरबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको इभि गाडी आइतवार विहान ४ बजे तिर रत्नराजमार्ग सुर्खेतको बिउरेनी नजिकै दुर्घटनामा परेको छ। दुर्घटनामा घाइते भएका सबै यात्रुहरूको उद्धार गरी हाल उपचारका लागि प्रदेश अस्पताल, सुर्खेतमा पठाइएको छ।

घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय बासिन्दाहरूको सहकार्यमा घाइतेहरूको तत्काल उद्धार गरिएको थियो। प्रारम्भिक जानकारी अनुसार कर्णाली प्रदेश ०२ ,००१ ख ११२९ नम्बरको इभि गाडी अनियन्त्रित भई सडकबाट तल खसेको हुन सक्ने अनुमान गरिएको छ।

घाइतेहरूको संख्या र अवस्था भने अहिलेसम्म स्पष्ट भएको छैन। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।