राम्रो जति मेरो नराम्रो अर्काको भन्ने सोचको अन्त्य हुनु पर्छ

कर्णाली प्रदश सभामा आफ्नो धारणा राख्दै कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाही (फाइल फोटो)

सुर्खेत, कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले राम्रो काम जति मेरो नराम्रो काम अर्काको भन्ने सोच अन्त्य गर्न जरुरी भएको बताएका छन् । कर्णाली प्रदेश सभाको दशौँ अधिवेशनको एघारौ बैठकमा बोल्दै पूर्व मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।

सरकारले ल्याएको निति तथा कार्यक्रम माथिको छलफलमा भाग लिदै पूर्व मुख्यमन्त्री शाहीले कर्णालीको अवस्था हिजो कस्तो थियो ? आज कुन अबस्थामा छ ? भन्ने कुरा सम्झिन सबैलाई आग्रह गरे ।

‘सरकार गठनका सुरुवाति दिनहरुमा कुनै संरचना थिएन अघिल्लो सरकारले सबै संरचना निर्माण ग¥यो र कर्णालीका नागरिकहरुलाई रोजगारी सिर्जना ग¥यो रोजगारी सिर्जना भएको छ की छैन भन्ने विषयमा बुझ्न दुर्गममा जानु पर्छ,’ ‘उनले भने, ‘कुनै बेला कर्णालीका दुर्गम गाउँमा खाना पकाउनको लागी आगोको अभाव हुदा एक पिस सलाई किन्न नसकेर अर्काको घरबाट आगो जोहो गर्नु पर्ने गाउँको अबस्थालाई प्रदेश सरकारले ल्याएको राजगारी मुलक कार्यक्रमले अन्त्य गरेको हो,।’

‘प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता यमलाल कडेँल तिर इङ्गित गर्दै पूर्व मुख्यमन्त्री शाहीले भने, ‘अघिल्लो सरकारले ल्याएका केहि लोक प्रिय कार्यक्रमलाई यहाँ उडाउने काम भएको छ । माननीय ज्यूले यहाँ हाइटेक नर्सरीको बारेमा खोजि गर्नु भएकोछ यो भन्दा अगाडी कर्णालीमा रोपिने विरुवा पनि विदेशबाट ल्याउनु पर्ने अबस्था कर्णाली सरकारले अन्त्य गरेर कर्णालीमै विरुवा उत्पादन गरेको हामीले देखिरहेकै त छौ । उनले भने ।

कर्णाली प्रदेशको पहिलो सरकारको नेतृत्व लिइ सकेपछि आज जे जति संरचना निर्माण भएका छन् त्यो पुरा गर्नको लागी मैले आफै ढुङ्गा बोकेको छु जिम्मेवारीमा भए आलोचना हुनु स्वाभाविक हो तर राम्रो कामलाई सकरात्मक नजरले हेर्न उनले आग्रह गरे ।

प्रदेश सरकारले ल्याएका लोक प्रिय योजनाकै कारण अहिले रोजगारीको लागी भारत जानु पर्ने अबस्था कम भएकोछ गाउँमा महिलाले रोजगारी पाएका छन् विपन्नले राजेगारी पाएका छन् हिजो सहर भन्दा गाउँमा मानिसहरु व्यरोजगार बढि थिए त्यो अबस्था आज छैन । त्यसैले गाउँ बजेट केन्द्रित हुन अनौठो नभएको उनले बताए ।

सुर्खेतका सडकहरुमा नेकपा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री भएका खड्ग बहादुर खत्रीले बाहेक अरु कसैले पनि काम नगरेको भन्ने प्रमुख प्रतिपक्षी दलका नेता यमलाल कडेँलको प्रश्नमा पूर्व मुख्यमन्त्री शाहीले भने, ‘मैले आफै हस्ताक्षर गरेका फाइल कति छन् हेर्नु होला पूर्व भौतिक पूर्वाधार मन्त्री भएको बेला पनि काम नभएको होइन तर सुर्खेतका सडक निर्माण देखि सुर्खेतको विकासमा आफ्नो पालामा भएको कामलाई पनि हेर्न नेता कडेँललाई आग्रह गरे ।

त्यस्तै अहिले कर्णाली प्रदेश सरकारले ल्याएको निति तथा कार्यक्रम पहिलेको सरकारको लोक प्रिय योजनाको निरन्तरता भएको र निति तथा कार्यक्रम जनमुखि भएकोले आफ्नो दल नकपा (माओवादी केन्द्र) ले समर्थन गरेको बताए ।