बजेट नपुगे भन्नु खेल हाँसेर खेल्नु – मन्त्री विसी

सुर्खेत, कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञ बहादुर विसीले कर्णालीका खेलाडीहरुलाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा हाँसेर लाग्न निर्देशन दिएका छन् ।

खेलकुद विकास परिषदले शुक्रवार वीरेन्द्रनगरमा आयोजना गरेको नौं राष्ट्रिय खेलकुदमा सहभागिता तथा तयारी सम्वन्धी अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशका १० वटै जिल्ला खेलकुद विकास समितिका अध्यक्षले बजेट अभावका कारण नौं राष्ट्रिय खेलकुद प्रतियोगिता जिल्ला छनोट गर्न नसकिने बताए पछि मन्त्री विसीले खेलकुद तयारीको लागी बजेट अभाब हुन नदिने बताएका हुन् ।

देशमा संघीय संरचना बनिसक्दा पनि कर्णालीमा अनुदानमै बाच्ने पर्ने बाध्यता भएका कारण अघिल्लो बर्षको भन्दा यो बर्ष सामाजिक विकास मन्त्रालयमा बजेट घटेर आएकोले खेल गतिविधिमा मन्त्रालय साघँुरो तरिकाले बढ्नु परेको बताए । ‘बजेट अंकले हेर्दा खेल क्षेत्रमा धेरै छुट्याएका छौ गौरबको आयोजना प्रदेश रंगशाला निर्माण हुदैछ, ‘मन्त्री विसीले भने,’ ‘तर खेल गतिविधिमा भने यो बर्ष सन्तोषजनक बजेछ छैन,।’

कार्यालय संचालन र बार्षिक खेलकुद गतिविधिको लागी मन्त्रालयबाट जिल्लामा गएको बजेट जिल्ला खेल छनोटको लागि खर्च गर्न निर्देशन दिदै मन्त्री विसीले अपुग भएको बजेट सबै जिल्लाका अध्यक्षहरुलाई माग गर्न निर्देशन दिए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय सचिवले खेलकुद परिषदको सोयत्ततालाई मन्त्रालयले खोसेको भन्दै असन्तुष्टि व्याक्त गरेका थिए ।

यस्तै अन्तरक्रिया कार्यक्रममा परिषदका उपाध्यक्ष प्रमोद हमालले नौ. राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि जिल्ला खेलकुद विकास समितिलाई छुट्टै आर्थिक व्यवास्थान गर्न मन्त्री विसीलाई अनुरोध गरे । उपाध्यक्ष हमालले अब नौं खेलकुद प्रतियोगिता पनि नजिक आएको भन्दै तयारीमा छिटो लाग्नु पर्ने औल्याए । हमालले कर्णाली प्रदेश खेलकुद विकास परिषदले खेल छनौटमा कुनै जिल्लालाई पनि भेदभाब नगरी छनौट गर्ने प्रतिबद्धता व्याक्त गरे ।

परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले हिजोका दिनमा कर्णालीमा खेलकुदको अनुहार बाहिर देखाउने एक भित्र अर्को भएको भन्दै अब आउने दिनमा यसमा सुधार गर्नु पर्ने बताए । कर्णालीबाट राष्ट्रिय प्रतियोगितामा सहभागिता मात्रै ठुलो नभएको भन्दै सदस्य सचिव संज्यालले जिल्लाको कोटा अनुसार भन्दा खेलाडीको दक्षता अनुसार छनोट हुनु पर्ने बताए ।

कर्णाली प्रदेशबाट ३० वटा खेलमा सहभागिता जनाउने भन्दै, ‘सदस्य सचिव संज्याले भने,’ ‘अहिले छनोटमा धेरै बजेट खर्च गर्नु भन्दा भएको बजेटलाई सम्भावित पदक प्राप्त खेलको लागि बन्द प्रशिक्षणमा खर्च गर्नु उपयुक्त हुन्छ,।’ १० औं राष्ट्रिय खेलकुदको झण्डा कर्णालीले ल्याउने भएको हुनाले अहिले संख्यामा खेलाडीहरु सहभागिता गराउने भन्दा पदक ल्याउन सक्ने खेलको प्रशिक्षणमा ध्यान दिनु पर्ने उनले बताए । राखेपले प्रशिक्षक अभाव भएको जिल्लाको हकमा भोलेन्टियर प्रशिक्षण एक महिनाको लागि उपलब्ध गराउन लागेको भन्दै सदस्य सचिव संज्यालले हाम्रो तयारी राष्ट्रिय खेलकुद परिषदसँग सम्बन्ध नराखी आफ्नो लागी तयारी गर्नु पर्ने बताए ।

सदस्य सचिव संज्यालका अनुसार यहि भदौ १८ भित्र जिल्ला छनोट प्रतियोगिता गरिसक्ने र २४ गते भित्र प्रदेश टिम छनोट गरी २५ गते राष्ट्रिय खेलकुद परिषदमा छनोट भएका खेलाडीहरुको सूचि पठाई सोहि दिन देखि पदक सम्भावित खेलका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राख्ने गरी परिषदले तयारी गरेको छ ।