सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले कर्णालीका खेलाडीहरुको लागि कर्णालीको पहिचान झल्किने आफ्नो छुट्टै पोसाक बनाएको छ । पोसाकमा कर्णालीका विभिन्न पर्यटकीय स्थल,कर्णालीमा पाइने दुर्लब बन्यजन्तु,हिमाली भेगमा पाइने बहुमुल्य जडिबुटीको आकृति राखिएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले बोर्ड बैठकबाट कर्णालीको पहिचान झल्किने पोसाक बनाउने निर्णय गरे बमोजिम कर्णालीका खेलाडीहरुको लागि गेम पोसाक र मार्चपास पोसाक बनाएको कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव बिश्वामित्र संज्याल बताए ।
सदस्य सचिव संज्यालका अनुसार गेम पोसाक रातो र निलो गरी दुई रङ्गमा छ भने मार्च पास पोसक एउटा रङ्गमा रहेको छ । गेम पोसाक र मार्चपास पोसाक महिला र पुरुष दुबै खेलाडीहरुले लगाउन मिल्ने छ । पोसाक कर्णालीमा उत्पादन भएको कपडाको टोपि, सुटमा कर्णाली झल्किने चिन्ह राखिएको छ ।
पार्च पास पोसाकमा नेपालको झण्डा, कर्णाली प्रदेश खेलकुद विकास परिषदको लोगो राखिएको छ भने गेम पोसाकमा कर्णाली नदि,कर्णालीमा पाईने यार्सा, हिमाल, पञ्चदेवल, रारा, काँक्रेविहार मन्दिर, कर्णालीको हिमाली भेगमा पाइने दुर्लब बन्यजन्तु याक राखिएको छ ।
गेम पोसाकमा समेटिएको रातो रङ्ग,नेपालको झण्डा र निलो रङ्ग रारा, कर्णाली वोर्डरसँग मिल्ने भएकाले दुई रङ्ग छानिएको कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव बिश्वामित्र संज्यालले भनाइ छ । सदस्य सचिव संज्यालका अनुसार मार्च पास पोसाक भने कर्णालीको उत्पादनसँग मिल्दो हुनु पर्ने छ । यो पोसाकलाई कर्णाली प्रदेश खेलकुद विकास परिषदले कानुनी रुपमा नै राष्ट्रिय खेलकुद परिषदमा दर्ता गर्ने छ । दर्ता पश्चात अन्य प्रदेशले कर्णालीको रङ्गमा कुनै पनि पोसाक बनाउन पाउने छैन यदि बनाएमा यसको कपि राइट लाग्ने छ ।
‘खेलाडीले प्रयोग गर्ने पोसाक हिजोका दिनमा खेल सकिए पश्चात गैर खेलाडीहरुले जहाँ पनि प्रयोग गरेको पाइयो । त्यसले गर्दा खेलाडीले प्रयोग गर्ने पोसकको महत्व धेरैले बुझेनन् यसको महत्वको लागि पनि परिषद्ले पोसाक कोड नै बनाएर हामिले कर्णालीको आफ्नो छुटटै पोसाक बनाउने निर्णय ग¥यौँ,’ ‘सदस्य सचिव संज्यालले भने,’ ‘अब देखि कर्णालीका खेलाडीहरुले प्रयोग गर्ने मार्च पास पोसाक र गेम पोसाक नियमित यहि हुन्छ ।’
कर्णाली प्रदेश खेलकुद विकास परिषदले केहि समय अघि सार्वजनिक सूचना आह्वान गरेर नै गेम पोसाक र मार्चपास पोसाकको डिजाइन मागेको थियो ।
झिल्को खबर । २३ माघ २०८०, मंगलवार २०:०६