नेपालगञ्ज । नवौं धारा नेपालगन्ज म्याराथन प्रतियोगितामा कर्णाली प्रदेशका दुर्ग,राममाया,कल्पना र दिपेन्द्र प्रथम भएका छन् ।
शनिवार भएको म्याराथनमा १० किलोमिटर पुरुष तर्फ कर्णालीका दुर्ग बहादुर बुढा, १० किलोमिटर महिला तर्फ कर्णालीकी राममाया बुढा त्यस्तै पाँच किलोमिटर पुरुष तर्फ कर्णालीका दिपेन्द्र बोहोरा र पाँच किलोमिटर महिला तर्फ कल्पना बुढा प्रथम भएका हुन् ।
पाँच किलोमिटर पहिला तर्फ भने कर्णालीकी बिमला कार्की द्वतीय भएकी छन् ।
१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजकको जिम्मेवारी पाएको कर्णाली प्रदेशले नेपालगञ्जबाट बिजेय शुरु गरेको कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले बताए । विजेता खेलाडीहरुसँग कुरा गर्दै सदस्य सदस्य सचिव संज्यालले खेलाडीलाई दिने सेवा सुविधामा परिषदले कुनै कन्जुस्याई नगर्ने बताए ।
बिजेता सबैलाई नगद प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।
म्याराथनको उपाधि भने नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठले हात पारेका छन् । नवौं धारा नेपालगन्ज म्याराथनमा क्रमशः पुरुष म्याराथन र महिला हाफ म्याराथनतर्फ उपाधि जितेका छन् । नेपाल एपीएफ क्लबका गोपीले दोस्रो पटक म्याराथन जित्दा विभागमा आवद्ध नभएकी सन्तोषी तेस्रो पटक च्याम्पियन बनेकी हुन् ।
झिल्को खबर । ९ मंसिर २०८०, शनिबार १८:२९