सुर्खेत । नेकपा (माओवादी केन्द्र)का नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले अबको शिक्षा अनुसन्धान मुलक हुनु पर्ने बताएका छन् ।
जनभेटघाटको लागि गृह जिल्लामा हरेका नेता शाहीले कालिकोटा जिल्ला पचालझरना गाउँपालिका वडा नं. ४ स्थित श्री ज्ञानोदय मा.वि. भवनको शिल्यान्यास गर्दै नेता शाहीले यस्तो बताएका हुन् ।
‘हामीले यो भन्दा अगाडीका दिनमा शिक्षा त लियौ तर त्यसको उपयोग हुन सकेको छैन, ‘नेता शाहीले भने,’ ‘यहाँको माटो सुहाउदा प्राविधिक शिक्षा पढेर यहि क्षेत्रमा अनुसन्धान गरी दक्ष जनशक्तिको उत्पादन गर्नु पर्छ ।’
पचालझरना गाउँपालिका भित्र एक आवाशिय विद्यालयको आवश्यक रहेको भन्दै नेता शाहीले यहाँको भौगलिक अबस्था हेरेर गाउँपालिका भित्र सुविधा सम्पन्न आवाशिय विद्यालय निर्माणको लागि आफुले पहल थाल्ने बताए ।
शिक्षा क्षेत्रको विकासको लागि सबै मिलेर अघि बढ्नुको विकल्प नरहेको भन्दै उनले गाउँपालिका भित्रका सबै राजनिति दलहरुलाई एकता बद्ध भएर अगाडी बढ्न आग्रह गरे । अहिले पछिल्लो समयमा सरकारको बजेट सबैभन्दा शिक्षा क्षेत्रमा लगानी भएको र तर त्यसको नतिजा सन्तोषजनक नआएकोले यसलाई प्रभावकारी ढंगले कार्यन्वयन गर्नु पर्ने बताए ।
झिल्को खबर । १३ माघ २०७९, शुक्रबार १२:३९